logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा पहिलो दिन १३१३ जना एचपीभि खोप लगाइयो


    २ फाल्गुन २०८१ , शुक्रबार

    लुम्बिनीमा पहिलो दिन १३१३ जना एचपीभि खोप लगाइयो

    अन्जना चौहान ।लुम्बिनीखबर
    लुम्बिनी, फागुन । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा पाठेघरको क्यान्सर विरुद्ध एचपिची खोप अभियान सुरु भएको छ ।
    नगर प्रमुख सजरुद्दिन मुसलमानले स्वास्थ्यकर्मीलाई खोप र खोप सामग्री हस्तान्तरण गरी खोप कार्यक्रम सुभारम्भ भएको हो।

    लुम्बिनी सांस्कृतिक नगरपालिकाका विद्यालय जाने कक्षा ६ देखि १० सम्मका १२९५ किशोरीहरू र विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेरसम्मका १८ जना किशोरीहरू गरी कुल १३१३ जना लाई बिहीबार खोप लगाइएको स्वास्थ्य शाखाले जनाएको छ।
    खोप कार्यक्रम फागुन १ गतेदेखि ६ गतेसम्म १३ वटै वडाका विद्यालयमा खोप केन्द्रबाट लगाइने छ भने  अन्तिम दिन १२ वटा स्वास्थ्य संस्था मार्फत खोप सञ्चालन हुने नगर स्वास्थ्य शाखा प्रमुख धुर्वराज  घिमिरेले बताउनुभयो ।

    कार्यक्रमका लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमान, प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवाली, नगर स्वास्थ्य शाखा प्रमुख धुर्वराज घिमिरे लगायत विभिन्न विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.