logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगरका मेयर खाँ बगंलादेस प्रस्थान


    १२ फाल्गुन २०८१ , सोमबार

    सिद्धार्थनगरका मेयर खाँ बगंलादेस प्रस्थान

    लुम्बिनीखबर

    भैरहवा, १२ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खाँ बगंलादेस प्रस्थान गरेका छन । स्वस्थ्य तथा सरसफाई सम्बन्धी अन्तरदेसीय सम्मेलन २०२५ मा सहभागी हुन उनि सोमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको नगर प्रमुख खाँका स्वकीय सचिव ईन्जिनियर बरकत बादशाह शेषले जानकारी दिए । सम्मेलन बगंलादेसको राजधानी ढाकामा फेबु्रवरी २५ र २६ (मगंलवार र बुधवार) हुने छ ।
    यो सम्मेलनले उद्योग र शिक्षाविद्, नीति निर्माताहरू, विकास साझेदारहरू र अनुसन्धानकर्ताहरू सगं सहकार्य गरी ज्ञान आदान प्रदान गर्ने र वास्तविक प्रगतिलाई ब्यबहारमा लागु गर्ने उदेश्य लिएको छ ।
    सरसफाइ क्षेत्रमा मुख्य सत्रहरू, प्यानल छलफलहरू, प्रदर्शनीहरू र नेटवर्किङहरू मार्फत अवसरहरू, विश्वव्यापी सरसफाइ चुनौतीहरूको सामना गर्ने र नवीनतालाई प्रेरित गर्ने लक्ष्य सम्मेलनको रहेको छ । दुई दिने सम्मेलनमा “सफाइको भविष्य“, विश्वव्यापी सरसफाइ आवश्यकताहरू पूरा गर्न अग्रगामी सोच तथा समाधानहरू लगायतका बिषयमा छलफल हुने छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.