logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    मर्चवारीमा घुम्ती बैठकः नीलगाय व्यवस्थापनदेखि दमकल खरिदसम्म छलफल


    १२ फाल्गुन २०८१ , सोमबार

    मर्चवारीमा घुम्ती बैठकः नीलगाय व्यवस्थापनदेखि दमकल खरिदसम्म छलफल

    असलम खान/मर्चवार ।


    फागुन १२ । रुपन्देहीको मर्चवारी गाउँपालिकामा १६ वटा स्थानीय तहको सहभागितामा २३औं घुम्ती बैठक सम्पन्न भएको छ। जिल्ला समन्वय समितिको समन्वयमा प्रत्येक महिनाको १० गते बस्ने बैठकमा यस पटक प्रमुख रूपमा नीलगाय व्यवस्थापन, अबैध बालुवा निकासी नियन्त्रण, फोहर व्यवस्थापन तथा पालिकास्तरीय दमकल खरिद जस्ता विषयमा गहन छलफल गरिएको थियो।

    मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसादले बैठकमा उठाइएका मुद्दाहरूले जिल्लाभरिका स्थानीय तहहरूलाई असर गर्ने भएकाले ठोस कार्ययोजना अघि बढाइने बताए। विशेष गरी नीलगायले किसानहरूको बाली नष्ट गर्दै आएको र यसको व्यवस्थापनमा ठोस नीति आवश्यक रहेको छलफलमा सहभागी जनप्रतिनिधिहरूले उल्लेख गरे। त्यस्तै, बैठकमा जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चपागाईले विकाससँगै पर्यावरणीय सन्तुलन कायम राख्न र शान्ति सुरक्षामा सुधार ल्याउन सबै पालिकाहरूको सहकार्य आवश्यक रहेको बताए। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्लाभर शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन प्रशासनले निरन्तर काम गरिरहेको र जुनसुकै बेला सहयोगका लागि तयार रहेको बताए।

    मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहले स्वागत मन्तव्य दिँदै घुम्ती बैठकले पालिका भित्रका समस्या पहिचान गर्न र समाधानका लागि उचित पहल गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। बैठकमा जिल्लाका १६ वटा पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन मर्चवारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत फेकन शाहीले गरेका थिए।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.