logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    नयाँ स्थानबाट सेवा सुरु गर्‍याे नबिल बैंक सम्मरीमाई शाखाले


    २६ फाल्गुन २०८१ , सोमबार

    नयाँ स्थानबाट सेवा सुरु गर्‍याे नबिल बैंक सम्मरीमाई शाखाले

    भैरहवा, २६ फागुन । नबिल बैंक सम्मरीमाई शाखाले अब नयाँ स्थानबाट सेवा सुरु गरेको छ। सम्मरीमाई गाउँपालिका–६ मन्झरियामा सञ्चालनमा रहेको शाखाले आइतबारदेखि सोही वडाको घरभरिया स्थित श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको भवनबाट सेवा दिन थालेको हो। नयाँ स्थान पुरानो शाखाबाट करिब ६ सय मिटर उत्तरमा पर्छ।

    पुरानो स्थानमा शाखा भवन साँघुरो भएका कारण सेवाग्राही तथा कर्मचारीलाई असुविधा भएकोले शाखा स्थानान्तरण गरिएको शाखा प्रमुख अबरार अहमद खानले जानकारी दिए। उनले भने, “पुरानो भवनमा सेवा दिने ठाउँ साँघुरो थियो। सेवाग्राहीहरूको गुनासो र आम नागरिकको सुझावलाई ध्यानमा राख्दै नयाँ स्थानबाट व्यवस्थित सेवा सुरु गरेका छौं।’’

    शाखा प्रमुख खानका अनुसार मर्चवार क्षेत्रअन्तर्गत सम्मरीमाई, मर्चवारी र कोटहीमाई गाउँपालिकाका करिब डेढ लाख जनसंख्यालाई लक्षित गर्दै शाखाको सेवा विस्तार गरिएको हो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.