logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    संस्कृति र संगठन सँगसँगै, गोपाल सेवा समितिको होली समारोह सम्पन्न


    १ चैत्र २०८१ , शुक्रबार

    संस्कृति र संगठन सँगसँगै, गोपाल सेवा समितिको होली समारोह सम्पन्न

    अन्जना चौहान/लुम्बिनी ।


    चैत १ । गोपाल सेवा समिति क्षेत्र नं. ५ रुपन्देहीले बिहीबार गैडहवा–६, सूर्यपुरामा एक भव्य कार्यक्रमका साथ होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमले संस्कृतिको संरक्षण र सामाजिक संगठन सुदृढीकरणमा सकारात्मक सन्देश दिएको छ।

    कार्यक्रमको अध्यक्षता गोपाल सेवा समिति क्षेत्र नं. ५ का अध्यक्ष रामबेलास यादवले गर्नु भएको थियो भने प्रमुख अतिथिका रूपमा समितिका केन्द्रीय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादव सहभागी हुनु भएको थियो। प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यादवले गोपाल सेवा समितिलाई हरेक वडामा विस्तार गरी यादव समुदायलाई एकताबद्ध बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो।

    उहाँले होलीजस्तो सांस्कृतिक पर्वले सामाजिक सद्भाव, आपसी प्रेम र भाइचारा प्रवद्र्धन गर्ने भएकाले यसलाई सँगै मनाउने परम्परा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो। साथै, समितिले धार्मिक र सामाजिक गतिविधिमा सक्रिय रहँदै राधाकृष्ण मन्दिर निर्माण लगायतका कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षा, महिला सहभागिता, सामाजिक सुधार र समुदायमा एकताको खाँचोबारे आ–आफ्ना धारणा राखे। सल्लाहकार अम्बिका यादवले महिला सहभागितालाई सुनिश्चित गर्दै घर–घरबाटै परिवर्तन सुरु गर्नुपर्नेमा जोड दिनुभयो। जिल्ला सदस्य रामचन्द्र यादवले होलीजस्ता पर्वहरुले राष्ट्रिय संस्कृतिलाई उजागर गर्ने भएकाले यसको संरक्षणमा समिति सक्रिय भूमिका खेलिरहेको बताउनुभयो।

    समारोहमा विद्यालयका प्रमुख, विभिन्न पालिकाका समितिका पदाधिकारी, समाजसेवी तथा सरोकारवालाहरूको उपस्थिति थियो। सबै वक्ताहरुले यादव समुदायलाई संगठित गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा समिति प्रतिबद्ध रहेको धारणा राखे। कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव रामबहादुर यादवले गर्नुभएको थियो। समितिले यस कार्यक्रमलाई भव्य, सभ्य र उद्देश्यपूर्ण बनाउँदै सामाजिक र सांस्कृतिक सन्देश सम्प्रेषण गरेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.