भैरहवा, चैत्र ११ । आईसीएफसी फाइनान्स लिमिटेड, भैरहवा शाखाले “ग्लोबल मनी विक–२०२५’’ को अवसरमा रुपन्देही क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि गोलिगढ टोल सुधार समिति अध्यक्ष श्री युवराज पाण्डे रहनुभएको थियो। त्यस अवसरमा समितिका सचिव श्री फदिन्द्र पोखरेल, रुपन्देही क्याम्पसका ईसीए प्रमुख तथा कार्यक्रम संयोजक श्रीमती शारदा गौतम, क्याम्पस प्रमुख श्री पार्थिवेन्द्र उपाध्याय, सहायक प्रमुख श्री अरविन्द पाठक, व्यवस्थापन संकाय प्रमुख श्री मीन प्रसाद शर्मा, प्राध्यापक श्री बाल मुकुन्द उपाध्याय तथा आईसीएफसी फाइनान्स लुम्बिनी प्रदेशका क्षेत्रीय प्रबन्धक श्री अमृत शर्मा विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भयो।
आईसीएफसी फाइनान्स लिमिटेड, भैरहवा शाखाका शाखा प्रबन्धक श्री विशाल बस्नेत, कार्यक्रम सञ्चालक श्री सुमन अधिकारी, सहजकर्ता श्री कुमार थापा मगर तथा प्रतिनिधिहरू सिद्धान्त अधिकारी, राम नारायण चौधरी, मेलीना गुरुङ, दिपिका तुलाचन र बुद्धिराज तिम्सिना खत्रीको पनि सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रममा १५० भन्दा बढी विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रह्यो। कार्यक्रममा वित्तीय अनुशासन, बचतको महत्त्व, लगानीका सम्भावना, डिजिटल बैंकिङ प्रविधि तथा सुरक्षित वित्तीय कारोबार सम्बन्धी विषयमा व्यापक छलफल गरिएको थियो।
आईसीएफसी फाइनान्स लिमिटेडले यस्ता जनचेतनामूलक कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।