logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    नयाँगाउँ रानीगाउँ समाजद्वारा मस्तिष्कघात पीडितलाई आर्थिक सहयोग


    १७ चैत्र २०८१ , आइतबार

    नयाँगाउँ रानीगाउँ समाजद्वारा मस्तिष्कघात पीडितलाई आर्थिक सहयोग

    भैरहवा, चैत्र १७ । श्री दुर्गा मन्दिर नयाँगाउँ रानीगाउँ समाजले युसीएमएस शिक्षण अस्पताल, भैरहवामा उपचाररत सिद्धार्थनगर नगरपालिका–१, नयाँगाउँ निवासी अर्जुन थापालाई आर्थिक सहयोग प्रदान गरेको छ।

    ४८ वर्षीय थापा यहि २०८१ साल चैत्र १३ गते एक्कासी मस्तिष्कघात भई अचेत अवस्थामा अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन्। उपचारमा आर्थिक कठिनाइ भइरहेको अवस्थामा समाजले थापाका श्रीमती चन्द्रकला थापालाई रु. १,०७,८२५ (अक्षरुपी एक लाख सात हजार आठ सय पच्चीस) सहयोग हस्तान्तरण गरेको हो। समाजका अध्यक्ष याम बहादुर थापा ‘माइला’ले उक्त रकम हस्तान्तरण गर्दै थापाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्चमा सहयोग पुगोस् भन्ने उद्देश्य रहेको बताए।

    सहयोग हस्तान्तरण कार्यक्रममा समाजका सचिव नन्दकुमार राना, कोषाध्यक्ष जितेन्द्र गुरुङ, युवा समाजसेवी सुशील गुरुङ, जनप्रतिनिधि अनिल कुमार के.सी., रामबहादुर थापा, राजु गुरुङ, अनिल थापा, रोशन गुरुङ, रवि गुरुङ, गोपाल उपाध्याय लगायतको उपस्थिति रहेको थियो।

    समाजका सचिव रानाले सहयोग रकम गाउँघरमा घरदैलो कार्यक्रममार्फत तथा विदेशस्थित शुभेच्छुकहरुमार्फत संकलन गरिएको जानकारी दिए।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.