झब्बर यादव । लुम्बिनीखबर
सिद्धार्थनगर, २२ चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले अग्नि नियन्त्रण र उद्धार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रवार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्यान कार्यालयसंग समन्वय गरी अग्नि नियन्त्रण तथा उद्धारका लागि सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण गरिएको हो ।
विपद् जोखिम तथा व्यवस्थापन विपद् एउटा आपतकालीन विषय हो । प्राकृतिक र गैरप्राकृतिक विपद्को रुपमा हुने आगलागीलाई नियन्त्रणका साथै उद्धारका उपायका विषयमा प्रशिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी. ले बताउनभयो ।
अग्नि नियन्त्रण तथा उद्दार सम्बन्धी तालिमको आयोजना गर्नुको उद्देश्य ट्राफिक प्रहरीलाइ विपदको समयमा राहत तथा उद्धार गर्नमा दक्ष बनाउने भएको प्रहरी निरीक्षक के.सी. को भनाई रहेको छ ।
कार्यक्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्यान बारुणयन्त्र सम्बन्धीका विज्ञ प्रेम बहादुर चन्दले प्रशिक्षार्थीहरुलाई आगलागीको समयमा अग्नि नियन्त्रण गर्ने उपाय र उद्दारका सैद्धान्तिक र प्रयोेगात्मक विषयक प्रशिक्षण गर्नु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको सुचना शाखाले जनाएको छ ।
ट्राफिक प्रहरीले आन्तरिक वा बाहिर क्षेत्रमा आकस्मिक आगलागी भएमा अग्नि नियन्त्रणका लागि कस्ता सामग्रीको कसरी प्रयोग गर्ने र निभाउने बारे बारुण नियन्त्रण विज्ञ प्रेम बहादुर चन्द प्रशिक्षण गर्नुभएको थियो ।

कार्यक्रममा आगलागी नियन्त्रण, उद्दार गर्दा अपनाइने विधि प्रदर्शन गरिएको थियो भने आगलागी भएमा कसरी निभाउने भन्ने विधि सिकाइएको थियो । अग्नि नियन्त्रण र उद्दारको अभ्यासका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहतका ३० जना प्रहरीको सहभागीतामा करिब ३ घण्टा तालिम संचालन गरिएकोे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्यान कार्यालय भैरहवाले जानकारी दिएको छ ।