logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    क्लिटनद्धारा औपचारिक उम्मेदवारीको स्वीकार


    १४ साउन २०७३ , शुक्रबार

    क्लिटनद्धारा औपचारिक उम्मेदवारीको स्वीकार
    Former U.S. Secretary of State Hillary Clinton takes part in a Center for American Progress roundtable discussion on "Expanding Opportunities in America's Urban Areas" in Washington.

    साउन १४

    संयुक्त राज्य अमेरिका– अमेरिकाको डेमोक्र्या्टिक पार्टीले अगामी राष्ट्रपतिय निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई औपचारिक उम्मेदवार घोषणा गरेको छ ।

    Former U.S. Secretary of State Hillary Clinton  takes part in a Center for American Progress roundtable discussion on "Expanding Opportunities in America's Urban Areas" in Washington.

    .

    यस अघि उनलाई सो पार्टीले राष्ट्रपतिको उम्मेदबारको रुपमा मनोनयन मात्र गरेको थियो । औपचारिक उम्मेदवार घोषणालाई वर्तमान राष्ट्रपति बाराक ओबामाले पनि पूर्ण समर्थन जनाएका छन् ।

    उम्मेदवार हिलारी क्लिन्टनले पार्टीको औपचारीक घोषणालाई स्वीकार र स्वागत गर्दै आफू राष्ट्रपति पदमा निवार्चित भएमा अमेरिकामा थप रोजगारीका अवसर सिर्जना गर्न र सँगसँगै पारिश्रमिक दरमा बृद्धि गर्न पूरा प्रयास गर्नु नै आफ्नो प्रारम्भिक लक्ष रहने बताइन् । साथै अमेरिकालाई स्थायी र दृढ नेतृत्व प्रदान गर्न आफूले कार्यभार सम्हालेको पहिलो दिनदेखि अन्तिम दिनसम्म सघर्ष गर्ने बताएकी छिन् ।

    अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपति बनी नयाँ इतिहास रच्ने आकांक्षा पाल्नु भएकी हिलारीले अमेरिकाको विदेश मन्त्रीको नेतृत्व पनि सफलतापूर्वक निर्वाह गरेकी थिइन् ।

    फिलाडेल्फियामा सम्पन्न डेमोक्र्या्टिक पार्टीको राष्ट्रिय भेलाको अन्तिम दिन उम्मेदबार क्लिन्टनले वर्तमान अन्तर्रा्ष्ट्रिय परिवेशलाई अमेरिकी दृष्टिले निरुपणलाई गर्दै आफ्नो सम्बोधनको क्रममा बग्दाददेखि काबुलसम्म, निसदेखि पेरिस र ब्रुसेल्ससम्म, सान बर्ना्र्डिनोदेखि ओल्र्यान्डोसम्म बाटा भरी कांडैकाडा बिच्छ्याइएका समाचार पत्रपत्रिका हेर्ने सबैले दिनका दिन पढिरहेका छन् ।

    धम्की र विचलनको त्रासवश ती सबैले अमेरिकालाई नै याचनाको आँखाले हेरिरहेका छन् । अमेरिकाले यस्ता सबै चुनौतिको सामना गर्दै शान्तिका लागि धर्मयुद्धमा होमिई ज्ञात शत्रु जतिलाई जित्नै पर्छू ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.