logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    श्रमिक दिवसमा सञ्चार श्रमिकको योगदानको कदर


    १८ बैशाख २०८२ , बिहिबार

    श्रमिक दिवसमा सञ्चार श्रमिकको योगदानको कदर

    परासी, वैशाख १८ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रेस चौतारी नेपाल नवलपरासी शाखाले जिल्लामा सञ्चार क्षेत्रमा समर्पित श्रमिकहरूको योगदानलाई सम्मान गर्दै तीनजना सञ्चारकर्मीलाई विशेष सम्मान प्रदान गरेको छ। सम्मानित व्यक्तिहरूमा सामुदायिक रेडियो परासीमा प्राविधिककारूपमा कार्यरत रुपेश राजभर, परासी पत्र साप्ताहिकका ग्राफिक डिजाइनर हिमाल आले र सोही पत्रिकाका वितरक अमरराज कहाँर रहेका छन्।

    सञ्चार क्षेत्रभित्रका विविध भूमिकामा कार्यरत श्रमिकको योगदानलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रम प्रेस चौतारी नेपाल नवलपरासीका अध्यक्ष गौरीशंकर जैसवालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौतीप्रसाद यादव रुदल प्रमुख अतिथिकारूपमा सहभागी हुनुहुन्थ्यो। सो अवसरमा बोल्दै प्रमुख अतिथि यादवले आमसञ्चार माध्यम देश विकासको मेरुदण्ड भएको उल्लेख गर्दै सञ्चार श्रमिकहरूको भूमिकालाई राज्यले समेत मान्यता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। पत्रकारिता पेशा दिनदिनै चुनौतीपूर्ण बन्दै गएको सन्दर्भमा उहाँले सञ्चारकर्मीहरूलाई आफ्नो धर्मबाट विचलित नहुन आग्रह गर्नुभयो।

    त्यसैगरी नेकपा एमाले नवलपरासीका जिल्ला सचिव तथा बर्दघाट नगरपालिकाका पूर्वनगरप्रमुख धिरज शर्मा बस्यालले पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि स्थानीय सरकार तथा राज्यको भूमिकाबारे चर्चा गर्दै सबै तहका सरकारहरू मिडियामैत्री हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय लेखा आयोग सदस्य मोहन पौडेल, लुम्बिनी प्रदेश सदस्य यमकुमारी सुवेदी, नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका अध्यक्ष केशव पराजुली, महासंघका निवर्तमान अध्यक्ष हरि शर्मा, प्रेस चौतारीका उपाध्यक्ष सुरेश यादव लगायतले श्रमिक दिवसको अवसरमा सञ्चार श्रमिकहरूलाई शुभकामना व्यक्त गर्दै उनीहरूको योगदानको प्रशंसा गरेका थिए।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.