logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सिद्धार्थ उवासंघको टोली अध्ययन-अवलोकन भ्रमणमा


    १९ बैशाख २०८२ , शुक्रबार

    सिद्धार्थ उवासंघको टोली अध्ययन-अवलोकन भ्रमणमा

    पोखरा, १९ वैशाख । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्नो तीन दिने अध्ययन अवलोकन भ्रमण तथा वार्षिक योजना कार्यशाला तर्जुमा गर्नका लागि शनिबार बाग्लुङ पुगेको छ । शुक्रबारदेखि शुरु भएको अध्ययन अवलोकन भ्रमणमा गण्डकी प्रदेशका विभिन्न उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायी संघ भेटघाट, छलफल र अन्तरक्रिया गर्दै वाग्लुङ पुगेको संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

    संघले शुक्रबार वालिङ उद्योग वाणिज्य संघ, स्याङ्जा, भीरकोट उद्योग वाणिज्य संघ, स्याङ्जा, स्याङ्जा उद्योग वाणिज्य संघ, स्याङ्जा, पोखरा उद्योग वाणिज्य संघ, पोखरासंग भेटघाट तथा अन्तरक्रिया गरेको छ । पर्वत म्याग्दी र वाग्लुङका उद्योग वाणिज्य संघसंग शनिबार भेटघाट गर्ने कार्यक्रम रहेको सिद्धार्थ उद्योग वाणिज्य संघको सचिवालयले जनाएको छ ।

    अध्ययन अवलोकन भ्रमणले विभिन्न उद्योग वाणिज्य संघहरुको अवस्था तथा काम र कार्यक्रमहरुको विषयमा जानकारी दिने र लिने कार्य हुने गरेको संघका अध्यक्ष आचार्यले बताउनुभयो । भेटघाट तथा छलफल कार्यक्रममा देशको आर्थिक अवस्था सहजिकरणका लागि साझा पहल गर्ने, विचार तथा सिप आदान–प्रदान गर्ने भ्रमणको उद्देश्य रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    देशको आर्थिक मेरुदण्डकोरूपमा रहेका रूपन्देहीलाई संस्थागत गर्न, जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु संग अन्तरक्रिया तथा अनुभव आदान–प्रदान गर्न सुरु गरिएको निवर्तमान अध्यक्ष श्रेष्ठले बताउनुभयो । अध्ययन अवलोकन भ्रमण टोलीमा सिद्धार्थ उद्योग वाणिज्य संघको कार्यसमिति र पूर्व अध्यक्षहरु तथा सल्लाहकारहरु गरी कुल ४४ जनाको सहभागिता रहेको संघका महासचिव कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.