लुम्बिनीखबर
सिद्धार्थनगर, २७ वैशाख।भैरहवा ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा सौन्दर्य सशक्तिकरण योजना कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार (आज) ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोले एक कार्यक्रमको आयोजना गरी सौन्दर्य सशक्तिकरण योजना कार्यक्रम गरेको हो।
” सीप सिकौं, स्वाभिमानी बनौँ” भन्ने मूल नाराका साथ एकेडेमीले कार्यक्रम सञ्चालन गरेको हो।
विश्व बजारमा सौन्दर्य जस्तै नेपालमा पनि व्युटीपार्लरको माग बढ्दै गएको कार्यक्रमका अध्यक्ष नैना गुरुङ्गको भनाई छ।
सौन्दर्य व्युटीपार्लरले विशेष गरी महिला दिदीबहिनीहरुलाई आन्तनिर्भर बन्नका लागि सहयोग गरेको छ । यो व्यवसाय हिजोआज नेपालमा एक सफल व्यवसायको रुपमा विकास हुंदै गइरहेको छ ।

नैना गुरुङ्गका अनुसार, -” सौन्दर्य नेपालमा मात्रै होइन विदेश जाने महिलाहरुके समेत यसको ज्ञान लिएर जाने गरेका छन् । उनीहरुले विदेशमा निक्कै ख्याति कमाइरहेको र आम्दानीको दरिलो माध्याम बनेको छ। “
भैरहवामा व्युटीपार्लर वा सौन्दर्य सम्बन्धी सीप सिकाएर रोजगार बनाउने कार्य धेरैले गरेपनि आफूहरू धेरै महिलाहरुलाई आन्मनिर्भर बन्नका लागि सौन्दर्यकला सम्बन्धी ज्ञान र सिप सिकाउँदै आएको नैना गुरुङ्गको भनाई छ। एकेडेमीले व्युटीपार्लर निःशूल्क तालिम सञ्चालन, प्रेबुक्किङको सुविधा रहेको बताउनुभयो।

मेकअप आर्टिष्ट नैना गुरुङ्गले मेहनत र सहयोगले यस एकेडेमीले धेरै महिलाहरु आन्तमनिर्भर बन्न सफलका लागि विभिन्न किसिमका सौन्दर्य तालिम दिँदै शिक्षार्थीहरुको भनाई छ।
शिक्षार्थीहरुका अनुसार,-” ब्युटपार्लर सम्बन्धी सीप सिकाएर रोजगार बनाउने कार्यमा लागिरहेकी नैना गुरुङ्ग न्श्रृगार घरमा व्युटीपार्लरको कोर्स गराएर सीपवान बनाई स्वदेश तथा विदेशमा रोजगारी गर्नेको संख्या धेरै योगदान रहेको छ।”

व्युटीपार्लरको शिक्षा दिने कार्यमा अग्रता दिदैआएकी नैना गुरुङ्ग श्रृंगार घरमा व्युटीपार्लर सिक्ने विद्यार्थीहरुको विशेष आकर्षण र भीड रहेको छ । श्रृंगार घरमा व्युटीपार्लर सिक्ने विद्यार्थीहरुले प्रोफेसनल मेकअप आर्टमा नयाँ सोच र चाहना अनुरुप हेयर स्टाइलको डिजाइन तथा मेकअपको डिजाइन कोरेर हजारौं हजारलाई शिक्षित बनाएर रोजगारी दिने कार्य यस पेशावाट हुँदा आफूलाई अति भाग्यमानी ठानेको बताउनुभयो।

व्युटीसियन पेशा सेवा तथा सुन्दरताको व्यवसाय मात्र नभइकन महिला दिदीबहिनीहरुको आधारभूत सौन्दर्य देखि सौन्दर्यको गहन स्वास्थ्य विज्ञान पनि भएको कारण यसलाई सामान्य रुपमा लिन नहुने नैना गुरुङ्गकाे भनाई छ।
कार्यक्रम ५० भन्दा बढीको शिक्षार्थीहरूको सहभागिता र भैरहवा ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोका व्यवस्थापक नेत्र गुरुङको सञ्चालनमा सम्पन्न भएको हो।