logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    दोस्रो रोहिणी मेला महोत्सव-२०८२ जेठबाट सुरु हुने 


    ३० बैशाख २०८२ , मंगलबार

    दोस्रो रोहिणी मेला महोत्सव-२०८२ जेठबाट सुरु हुने 

    पशुपति यादव /लुम्बिनीखबर 

    रोहिणी, ३० बैशाख । रोहिणीमा स्थानीय उद्यमी प्रवर्धनको साथै सांस्कृतिक मेला महोत्सव -२०८२ जेठको १ गतेदेखि सुरु हुने भएको छ ।

     रोट्रयाक कल्बअफ सेन्ट्रल रोहिणी रोटरी इन्टरनेसनल अधिकारिक युवा शाखाको आयोजनामा स्थानीय उद्यमी प्रवर्धन एवं सांस्कृतिक मेला रोहिणी-३ धकधईमा जेठ १ गतेदेखि जेठ १५ गतेसम्म हुने भएको कलबका अध्यक्ष इमरान खानले बताएका छन् । उनले भने,-“यो क्लबले यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यावरण संरक्षण, युवा सशक्तिकरण, सीपमूलक तालिम लगायतका क्षेत्रहरूमा समाजिक परिवर्तनको निम्ति काम गर्दै आइरहेको छ। ” मेला महोत्सवमा अनुमानित ३० हजार दर्शक आउने अनुमान गरिएको खानको भनाइ छ।

     महोत्सवमा २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। स्थानीय उद्यमी प्रवर्धनको साथै सांस्कृतिक मेला साझा ५ बजेदेखि राति १० बजेसम्म चल्ने क्लबका सचिव महोत्सव मेलाको संयोजक हसामुदिनअलिले पत्रकार सम्मेलनमा जानकारी दिए।

    स्थानीय किसानहरूको उत्पादनलाई प्राविधिक कृषि प्रदर्शनी रहने संयोजक अलिको भनाई छ ।

    महोत्सवमा ५० वटा स्टल दर्ता भएको छ भने टिकट दर १ सय रुपैयाँ र विद्यार्थीको लागि ८० रुपैयाँ मात्र टिकट दर रहेको संयोजक सचिव अलीले बताएका छन्। सांस्कृतिक कार्यक्रममा दुर्गेश थापा, धनञ्जय धड्कन, प्रीति पासवान, रेखा अधिकारी, प्रिय साहानी, विश्वकै होचो मान्छे खगेन्द्र थापा, भारतीय भोजपुरी सुपरस्टार कलाकार, स्थानीय कलाकारहरूको  बेजोड  प्रस्तुति रहने साथै कुस्ती दङ्गल समेत हुने क्लबका कोषाध्यक्ष एवं कार्यक्रम सञ्चालक रुद्र सिग्देलले बताएका थिए।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.