logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    रुपन्देहीमा सडक दुर्घटना न्यूनीकरण अभियान: ट्राफिक प्रहरीको वृहत् सचेतना कार्यक्रम


    २ जेष्ठ २०८२ , शुक्रबार

    रुपन्देहीमा सडक दुर्घटना न्यूनीकरण अभियान: ट्राफिक प्रहरीको वृहत् सचेतना कार्यक्रम

    भैरहवा, २ जेठ । “तिव्र गति जिवन क्षति” भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सुरक्षित यात्रा नेपालको सहकार्यमा तथा नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवल र तिलोत्तमा नगरपालिकाको समन्वयमा बुधवार वृहत् सचेतनामूलक कार्यक्रम गरेर सडक प्रयोगकर्तालाई सन्देश प्रवाह गरेको छ ।

    तिलोत्तमा नगरपालिका भित्र पर्ने सिद्धार्थ राजमार्गको शंकरपुर चोकदेखि मणिग्राम सम्म ट्राफिक सचेतना सम्बन्धी बृहत र्याली तथा सडक दुर्घटना नमुना प्रदर्शन र ट्राफिक नियम सन्देश सहितको नृत्य गरेर वढ्दो सवारी दुर्घटना तथा क्षति न्यूनिकरणका लागि कार्यक्रम गरेको हो । ट्राफिक सन्देश सहितको प्लेकार्ड तथा ब्यानर प्रदर्शन गर्दै स्थानीय संघसंस्था, क्लब, स्कुल कलेजका विद्यार्थी, जनप्रतिनिधि, यातायात व्यवसायी, सञ्चारकर्मी, सुरक्षाकर्मी र सरकारी कर्मचारीहरुले र्याली निकालेका थिए ।

    प्रहरीको ब्याण्ड बाजा सहित निकाएको र्यालीले सडक प्रयोगकर्तालाई सवारी दुर्घटनाबाट बच्ने उपाय र सडक नियमका विषयमा सचेतना समेत प्रदान गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । र्यालीको समापन समारोहमा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण्डले जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले गरेको सन्देशमुलक यो कार्यक्रम सडक यात्रीका लागी उपयोगी भएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले बढ्दो सवारी दुर्घटना तथा क्षती न्यूनिकरणमा सहयोग पुराउनेमा आफु विश्वत रहेको मन्तव्य राख्नुभयो ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल वार्षिकरुपमा सवारी दुर्घटना वार्षिक रुपमा ठुलो धनजनको क्षती हुने गरेको भन्दै दुर्घटना न्यूनिकरणका लागि सडक प्रयोगकर्ता र प्रहरीले सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए । उनले सवारी दुर्घटनाबाट मानिसको मृत्यु वा घाईते हुदा आश्रित परिवार र समाजमा नै क्षती पुग्ने हुदाँ सडक प्रयोग गर्दा नागरिक आफै सचेतभै सुरक्षितरुपमा सडक प्रयोग गर्र्न सुझाव दिए ।

    कार्यक्रमको संयोजक तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रन्जु के.सी.ले सवारी दुर्घटना न्यूनिकरण लागि ट्राफिक प्रहरीले निरन्तर सचेतनामूलक कार्यक्रमहरु गरिरहेको भन्दै सडक प्रयोगकर्ताले ट्राफिक नियम पालना गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारीले सडक दुर्घटना रोक्नका लागि गरिएको ट्राफिक सचेतनामूलक सडक नाटकले महत्वपूर्ण सन्देश प्रवाह गरेको बताउनुभयो । बढ्दो शहरीकरण तथा सडकमा सवारीको चाप बृद्धि संगै सवारी दुर्घटना दिनप्रतिदिन बढ्दै गएको हुदाँ सरोकारवाला निकाय र आमनागरिकले आ–आफ्नो जिम्मेवारी बहनगरे सडक दुर्घटनावाट हुने क्षतीलाई न्यूनिकरण गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख के.सी.ले बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.