कमल रायमाझी
भैरहवा, साउन । लियो क्लव अफ सिद्धार्थनगरको पद हस्तान्तरण कार्यक्रम शुक्रवार साझ भैरहवाको केजेडी टावरको सभाकक्ष्ँमा सम्पन्न भएको छ ।

क्लवका २०१५ ।०१६ का अध्यक्ष संजय के.सी. द्धारा २०१६ ।०१७ का अध्यक्ष गौतम गुप्तालाई आफ्नो पिन दिएर पद हस्तान्तरण गरेका हुन् ।
क्लवका क्लवका २०१५ ।०१६ का सचिव अरुण पन्थीले पनि २०१६ ।०१७ का सचिव रोशन शर्मालाई सचिवको पिन दिएर पद हस्तान्तरण गरेको क्लवका सुचना संयोजक सुवाश लुइटेलले वताए ।
लायन्स क्लव अफ सिद्धार्थनगरका अध्यक्ष विनोद खरेल, लियो ३५२वि २ डिष्ट्रिक उपाध्यक्ष शार्दुल मयुर कशौधन, लायन्स राजेश खरेल, लायन्स प्रेम कुमार सेन्चुरी,सुनिल सेन्चुरी,नवराज न्यौपाने लगाएतको सहभागिता रहको थियो ।