logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    गाउँपालिका निर्माणमा माओवादी केन्द्र


    १८ साउन २०७३ , मंगलबार

    गाउँपालिका निर्माणमा माओवादी केन्द्र
    gjf}F u0ftGq lbj; u0ftGq lbj;sf cj;/df ;}lgs d~r 6'Fl8v]ndf zlgaf/ cfof]hgf ePsf] ljz]if ;df/f]xdf g]kfnL ;]gf, g]kfn k|x/L, ;z:q k|x/L an, pkTosfsf lhlj;, gu/kflnsf, v]ns'b kl/ifbsf v]nf8L, :yfgLon] dfr{kf;, g[To, sjfh Jof08, ljljw ;f+:s[lts k|:t'lt / emfFsL k|bz{g ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

    पाल्पा, साउन । नेकपा माओवादी केन्द पाल्पाले जिल्लाबासिन्दा प्रशासनिक पहुँच पुग्ने गरी तीन देखि ५ गाविसलाई जोडेर एउटा गाउँपालिका निर्माण गर्न सकिने खाका सार्वजनिक गरेको छ ।
    ६० गाविस र दुई नगरपालिकामा फैलिएको पाल्पालाई गाउँपालिका र नगरपालिका बनाउँदा सवैलाई पहुँच पुग्ने गरी केन्द्र तय हुनुपर्ने, प्राकृतिक स्रोत साधन, राजश्वको सम्भावना, जनसंख्या, संघन बसोबास, नामाकरण निर्धारण, भौतिक विकास लगायतका विषयलाई केन्द्रविन्दमा राखेर माओवादी यतिबेला छलफलमा जुटेको माओवादी जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य बसन्त शर्माले बताउनुभएको छ ।
    साना ठुला गाविसलाई जोडेर ३ नगरपालिका र १२ ओटा गाउपालिका बनाउँदा स्थानीयबासिन्दाको पहुँच प्रशासनिक केन्द्रमा पुग्ने गरी सुझाव संकलनका गरिने नेकपा माओवादी केन्द्र पाल्पाले प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
    शर्माका अनुसार पाल्पामा ३ नगरपालिका र १२ गाउँपालिका बनाउने गरी सुझाव संकलनका लागि माओवादीका केन्द्रिय सदस्य नेत्रप्रसाद पाण्डेयको संयोजकत्व पाल्पामा स्थानीय तह पुनःसंरचनाका लागि समिति गठन भएको छ ।
    समितिले स्थानीय तह पुनःसंरचना गर्दा सवैलाई पायक पर्ने स्थानमा मात्र प्रशासनिक केन्द्र बनाउने इलाका स्तरमा सुझाव संकलन गर्न थालेको हो । इलाका स्तरमा माओवादीले कार्यकर्ता, महिला, दलित, वृद्धिजीवीसँग स्थानीय तह पुनःसंरचनाका लागि सुझाव संकलन गर्ने छ ।
    जिल्ला सदरमुकाम तानसेन, रामपुर नपा, सराइको कसेनीमा नपाको केन्द्रका रुपमा सुझाव संकलन गर्नेछ । त्यसैगरी गल्धा, जल्पा, ताहु, पिपलडाडा, झडेवा, चापपानी, दोभान, बल्ढेगंढी, छहरा, बतासे, हार्थोक, अर्गालीलाई केन्द्र मानेर स्थानीय तह पुनःसंरचनाका लागि गठित समितिले सुझाव संकलन गर्ने संयोजक पाण्डेयले बताउनुभयो ।नेत्र पाण्डेयद्धारा जारी गरेको हस्ताक्षर गरेको सो विज्ञप्तिमा नेपालको नयाँ संविधानको कार्यान्वयन यथाशिघ्र गर्न समेत जरुरी रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.