अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, ३० असार । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा स्वास्थ्य बिमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
तेनुहवा सामुदायिक सिकाई केन्द्रले लुम्बिनी साँस्कृतिको नगरपालिकाको सहयोगमा स्वास्थ्य बिमा अभिमुखिकरण कार्यक्रम हिजो (आइतवार) एक कार्यक्रमको आयोजन गरी सम्पन्न गरेको हो ।
कार्यक्रममा नगर उप–प्रमुख कल्पना हरिजनले स्वास्थ्य विमा मानवीय जीवनका लागि महत्वपूर्ण पक्ष हो । स्वास्थ्य बिमाले गम्भीर रोग वा अप्रत्यासित स्वास्थ्य समस्याहरूको उपचारमा लाग्ने ठूलो खर्चबाट बचाउँछ ।
उप–प्रमुख कल्पना हरिजनका अनुसार,–“स्वस्थ विमाबाट अस्पतालको बिल औषधि र शल्यक्रियाको खर्चलाई कभर गर्छ, जसले व्यक्तिलाई आर्थिक बोझबाट जोगाउँछ । स्वास्थ्य बिमा गराइसकेपछि सोहि बिमाबाट नियमित स्वास्थ्य जाँच, खोप र प्रारम्भिक निदानलाई प्रोत्साहन गर्छ, जसले रोगलाई सुरुमा नै पत्ता लगाएर उपचार गर्न मदत गर्छ ।”
स्वास्थ्य बिमाले व्यक्तिमात्र नभई परिवारका सबै सदस्यको स्वास्थ्य सुरक्षामा योगदान पु¥याउँछ साथै अप्रत्यासित स्वास्थ्य समस्याहरू हृदयाघात, क्यान्सर जस्ता घातकको जोखिमलाई बिमाले व्यवस्थापनमा मदत गर्छ । जसले कम आय भएका परिवारहरूलाई सस्तो र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्छ । स्वास्थ्य बिमा गर्नाले व्यक्ति र समाज दुवैको स्वास्थ्य र आर्थिक स्थिरतामा योगदानमा पुयाउने भएको सबैलाई छिटो भन्दा छिटो स्वास्थ्य बिमा गर्न उप–प्रमुख कल्पना हरिजनले अनुरोध समेत गर्नुभएको थियो ।
नेपालमा २०७४ सालदेखि लागु भएको स्वास्थ्य बिमा हाल सोही बिमाबाट धेरै जसो अस्पतालले सेवा दिदंै आएका छन् । स्वास्थ्य बिमाबाट सेवा प्रवाहका लागि लुम्बिनी प्रथम सेवा केन्द्र विन्दु सुरुभएको छ । लुम्बिनी प्रथम सेवा केन्द्रले रु.३ हजार ५ सयमा एक परिवारका ५ जनाको गरिने, स्वयंसेवीकाहरुका लागि १ हजार ७ सय ५० मा ५ जनाले सेवा लिन पाउने, अपाङ्ग व्यक्तिहरुको हकमा ५० प्रतिशत छुट गरिने र ७० वर्ष जेष्ठ नागरिकको निःशुल्क बिमा गर्ने प्रावधान रहेको प्रशिक्षकले जानकारी गराएका थिए । हरेक स्वास्थ्य चौकीहरुमा ९८ प्रकारको औषधि निःशुल्क उपलब्ध गराएको छ । लंकापुर प्राथमिक सेवा केन्द्रबाट सबै सेवा सुविधा उपलब्ध गराएको र यहि साउन १ गते थाइराइट चेकजाँच सुरु गरिने भएको कुनै पनि सरकारी अस्पतालमा बिमा कार्ड लिई औषधी गराउन मिल्न्ने बताए । सरकारी अस्पतालबाट रिफर गरेमा लुम्बिनी प्रथामिक सेवा केन्द्रमा सम्पर्क गरि मात्र जानुपर्ने बताए । मानिसले आफ्नो स्वथ्य विमा गराउनुका साथै आफ्ना पशु, कृषि, सामाग्रीको समेत विमा गराउनु पर्छ । जसबाट व्यक्तिले समस्याबाट लड़ने मौका पाउँछ भन्नेकुरा प्रशिक्षक सोमनाथ शर्मा र सुमन थापाले प्रशिक्षणको क्रममा जानकारी गराएका थिए ।
कार्यक्रम तेनुहवा सामुदायिक सिकाई केन्द्रका कार्यवाहक .अध्यक्ष बलिउल्लाह मुसलमान अध्यक्षतामा, नगर उप–प्रमुख कल्पना हरिजन प्रमुख अतिथ्यतामा, वडा नं. ६ का कार्यवाहक अध्यक्ष महबुब अलि मियाको विशिष्ट अतिथ्यता, सि.एल.सीका कोषाध्यक्ष गंगाराम पासी, तेनुहवा सामुदायिक सिकाई केन्द्र सामाजिक प्रचालका मेनुका रैदास, सि.एल.सी सम्पूर्ण पदाधिकारी, वडा सदस्यहरुको अतिथ्यता र ४६ जना स्थानीयवासीहरुको सहभागीतामा सम्पन्न् भएको थियो ।