logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मर्चवारीमा जेहेन्दार विद्यार्थीलाई साईकल वितरण


    २६ साउन २०८२ , सोमबार

    मर्चवारीमा जेहेन्दार विद्यार्थीलाई साईकल वितरण

    असलम खान । लुम्बिनीखबर
    मर्चवार, साउन । रुपन्देहीको मर्चवारी गाउँपालिकाले कक्षा–१२ मा सामूदायिक र धार्मिक विद्यालय (मदरसा) तर्फबाट गाउँपालिका स्तरीय सबै भन्दा धेरै अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरुलाई साईकल वितरण गरेको छ ।
    गाउँपालिकाले सोमवार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई साईकल वितरण गरेको हो ।

    राष्ट्रिय परीक्षा वोड २०८१ सालको परीक्षा सहभागी भई कक्षा–१२ मा उत्कृष्ट अंक ल्याउने गाउँपालिकाभित्रका सामूदायिक विद्यालय श्रीमति मनराजी देवी माध्यमिक विद्यालयका कृष्ण मोहन कुर्मी (३.४८ जिपिए), ठर्की माध्यमिक विद्यालयका प्रीति कुर्मी (३.४२ जिपिए) र जनता माध्यमिक विद्यालय ओडवलियाका प्रिया मुराव (३.४ जिपिए) गरी तिन जना उत्कृष्ठ अंक ल्याई उत्तीर्ण हुने विद्यार्थीहरुलाई साईकल वितण गरेको गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताउनुभयो ।
    उहाँले आगामी दिनमा पनि साईकल वितरण कार्यक्रमलाई निरन्तरता दिनेका साथै थप प्रोत्साहन कार्यक्रम संचालन गर्ने बताउनुभयो । ‘विद्यार्थीहरुलाई हौसला प्रदान गर्न र अध्ययनतर्फ थप प्रेरित गर्ने उद्देश्यले साईकल वितरण गरिएको हो, उहाँको भनाई छ ।
    अघिल्लो वर्षहरु भन्दा यस वर्ष सामूदायिक विद्यालयको नतिजामा सुधार आएको उहाँले बताउनुभयो । शैक्षिक गुणस्तर सुधार गर्नका लागि शिक्षक र गाउँपालिकालाई मात्र दोष दिएर नहुने र सुधारका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
    गाउँपालिकाका उपाध्यक्ष आशा सिंहले गाउँपालिका विद्यार्थीहरुको साथमा रहेको र यस्ता कार्यक्रमले उच्च शिक्षामा विद्यार्थीहरूको पहुँच र निरन्तरता सुनिश्चित गर्नमा सहयोग पुग्ने बताउनुभयो।

    शिक्षा शाखा प्रमुख हरि चन्द बरईले शिक्षा क्षेत्रलाई अगाडि बढाउन र सबल बनाउनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो । शिक्षा क्षेत्रलाई अगाडी बढाउन गाउँपालिका लगिपरेको बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.