logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लुम्बिनी क्षेत्रमा सडक बत्ती, फोहोर व्यवस्थापन र छाडा चौपायााले पर्यटक र स्थानीयलाई सास्ती


    १९ भाद्र २०८२ , बिहिबार

    लुम्बिनी क्षेत्रमा सडक बत्ती, फोहोर व्यवस्थापन र छाडा चौपायााले पर्यटक र स्थानीयलाई सास्ती

    हरेक वर्ष नगरपालिकाले लाखौं रुपैयाँ बजेट विनियोजन गरेको हुन्छ तर, खर्च भएको बजेट कहाँ गयो, कसैलाई थाहा छैन, नगरपालिकाको विभिन्न ठाउँमा सडक बत्ती, फोहोर व्यवस्थापन र छाडा चौपायााले स्थानीय पिडित छन् ।
    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, १९ भाद्र । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा सडक बत्ती, फोहोर व्यवस्थापन र छाडा चौपायााले पर्यटक र स्थानीयलाई सास्ती भएको छ ।
    पर्सा देखि महिलवार र लनकापुर देखि पडरियाको बाटोमा लाखौं रुपैयाँ खर्चेर जडान गरिएका सडक बत्तीहरू वर्षौंदेखि नबलेको, फोहोरको दुर्गन्धले महिलवार क्षेत्र प्रदूषित भएको र छाडा चौपायाको आतंकले पर्यटकहरूलाई असुरक्षा भएको गुनासो बढ्दो छ । यी समस्याहरूको समाधानमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको लापरबाही पूर्ण रूपमा जिम्मेवार रहेको स्थानीय र पर्यटन व्यवसायीहरूले आरोप लगाएका छन् ।
    लुम्बिनी सांस्कृतिक नगरपालिकाले पर्सा देखि महिलवार र लंकापुर देखि पडरियाको बाटोमा सडक बत्ती जडानका लागि लाखौं रुपैयाँ खर्च गरेको छ तर, यी बत्तीहरू जडान भएको दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा नआएको स्थानीयहरु बताएका छन् । “लाखौं खर्चेर पोल ठड्याइयो, तर बिजुली बलेको छैन । रातको समयमा पर्यटकहरूलाई हिँड्न डर लाग्छ र अपराधको जोखिम बढेको छ,” स्थानीयले गुनासो गरेका छन् । रातमा अँध्यारोका कारण पर्यटकहरू बाटोमै विश्राम गर्न बाध्य छन्, जसले लुम्बिनीको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर परेको छ ।
    पर्सा चौराहादेखि महिलवार र लंकापुर देखि पडरियाको बाटोमा छाडा चौपायाको आतंकले पर्यटक र स्थानीयलाई हैरानी भएको छ । गाई, बाच्छा र अन्य पशुहरू सडकमा स्वतन्त्र रूपमा हिँडडुल गर्दा बाटो अवरुद्ध हुने र पर्यटकहरूलाई असुरक्षा महसुस हुने गरेको छ । छाडा पशुहरूले सडकमा आतंक मच्चाएका छन् । पर्यटकहरू तर्सिन्छन् र यो विश्व सम्पदास्थलको लागि लज्जास्पद अवस्था हो,” लुम्बिनी पर्यटन व्यवसायीहरुले बताउँछन् ।
    यसका साथै, यी बाटोहरूमा सवारी साधनको अव्यवस्थित चापले पनि जोखिम बढाएको छ । रातको समयमा बत्ती नहुँदा र छाडा पशुहरूका कारण सवारी दुर्घटनाको सम्भावना उच्च रहेको स्थानीयहरुको भनाई छ । तर, नगरपालिकाले यी समस्याहरू समाधान गर्न कुनै प्रभावकारी कदम नचालेको गुनासो छ ।
    फोहोर व्यवस्थापनका लागि नगरपालिकाले लाखौं रुपैयाँ बजेट विनियोजन गरेको हुन्छ तर, महिलवार क्षेत्रमा फोहोरको थुप्रो र दुर्गन्धले पर्यटकहरूले असुविधा बेहोर्नुपरेको छ । “भगवान बुद्धको जन्मस्थलमा यस्तो फोहोर र दुर्गन्धले पर्यटकहरू निराश हुन्छन् । फोहोर व्यवस्थापनको लागि खर्च भएको बजेट कहाँ गयो, कसैलाई थाहा छैन,” स्थानीय बासिन्दाहरुलाई संका लागेको छ ।
    पर्यटकहरूले पनि लुम्बिनीमा आधारभूत सुविधाको अभावले आफूहरूले अपेक्षित अनुभव प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । लुम्बिनी विश्व सम्पदास्थल हो, तर यहाँको फोहोर र अँध्यारोले पर्यटकलाई निराश बनाएको छ ।
    स्थानीय र पर्यटन व्यवसायीहरूले यी समस्याहरूको समाधानमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको लापरबाही नै मुख्य रहेको आरोप लगाएका छन् । नगरपालिकाले बजेट छुट्याउँछ, तर कार्यान्वयन र अनुगमनमा ध्यान दिँदैन । बत्ती नबल्नु, फोहोर व्यवस्थापन नहुनु र छाडा चौपायाको नियन्त्रण नहुनुले नगरपालिका नै गैरजिम्मेवारी रहेको स्पष्ट हुन्छ ।
    स्थानीयले नगरपालिकासँंग बत्ती सञ्चालन, फोहोर व्यवस्थापन र छाडा चौपायालाई नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्न माग गरेका छन् । सडक बत्तीहरू तत्काल सञ्चालनमा ल्याउन र नियमित मर्मतको व्यवस्था गर्न, फोहोर व्यवस्थापनका लागि प्रभावकारी संयन्त्र बनाउन र नियमित सरसफाइको अनुगमन गर्न, छाडा चौपायालाई नियन्त्रण गर्न गौशाला निर्माण र कडा नीति लागू गर्न र सवारी व्यवस्थापनका लागि ट्राफिक नियम र सडक मर्मतमा ध्यान दिन आवश्यक रहेको स्थानीयहरुको माग छ । यी समस्याहरूको तत्काल समाधान नभएमा पर्यटकीय गतिविधिमा कमी आउने र लुम्बिनीको सांस्कृतिक महत्वमा आँच पुग्ने जोखिम रहेको स्थानीयले चेतावनी दिएका छन् । नगरपालिकाले यी समस्यालाई गम्भीरतापूर्वक लिई तत्काल समाधानका लागि पहल गर्नुपर्ने जोडदार माग छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.