logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    सिनपाको बेईज्जत


    २४ साउन २०७३ , सोमबार

    सिनपाको बेईज्जत

    लुम्बिनीखबर
    भैरहवा, साउन  । सिद्धार्थनगर नगरपालिकालाई नमुना शहर बनाउने भनेर सरकारी एवं गैरसरकारी निकायले यहांको विकास निर्माणकोलागी अरबौं रकम खर्चिरहको छ ।
    sinapa
    त्यसै अनुरुप काम पनि भइरहेका छन् । नगरभित्रका सडक तथा ढलको लागी एडिबीको सहयोगमा निर्माणका काम पनि भइरहेका छन् । तर यत्तिका करोडौंका काम भइरहदा त्यसको वृस्तृत योजना सहितको सूचना पार्टी कुनै पनि साइटमा देखिदैन् ।

    हनुमान मन्दिरदेखी शंकरपुर जाने बाटोमा अहिले काम भइरहेको छ । बर्षातको मौसम छ तर नगरपालिकाले एउटा कागजको गत्तामा सूचना लेखेर टाँसेको छ । यो कस्तो काइदा हो ? सो क्षेत्रबाट दैनिक सयौं मानिसको आवतजावत हुन्छ तर नपाको नाममा सूचना जारी गर्दा बेइज्जतै हुनेगरी यसरी किन गर्ने । के सिनपा एउटा फ्लेक्स बोर्ड सम्म लगाउन नसक्ने अवस्थामा पुग्यो ?

    यता नगरपालिका भित्र होडिंगबोर्डहरु धेरै यत्तिकै थन्किएर बसेका छन् ती बोर्डलाई रंगाएर गराएको भए पनि हुने । सिंगो नगरपालिकाको बेइज्जत नै हुनेगरी गरिएको गतिविधी प्रति सबै नगरबासीले दुखः व्यक्त गरेका छन् ।

    कि नपाले भन्नु प¥यो बोर्ड बनाउने पैसा छैन त्यसैले यस्तो कागजको पुरानो गत्तामा सूचना टाँंगिएको हो होइन भने एउटा बोर्ड त लगाउनु प¥यो नी ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.