logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगर सिटी हस्पिटलमा “नशा तथा मनोरोग विभाग” संचालनमा


    ३ असोज २०८२ , शुक्रबार

    सिद्धार्थनगर सिटी हस्पिटलमा “नशा तथा मनोरोग विभाग” संचालनमा

    राकेश कोहाँर । लुम्बिनीखबर
    ओमसतिया,  असोज । लुम्बिनी प्रदेशको अग्रणी स्वास्थ्य संस्था, सिद्धार्थनगर सिटी हस्पिटलले आफ्नो सेवा विस्तारको क्रममा “नशा तथा मनोरोग विभाग” औपचारिक रूपमा संचालनमा ल्याएको छ । यो नयाँ विभागले मानसिक स्वास्थ्य र नशा सम्बन्धी समस्याहरूको समग्र उपचार र परामर्श सेवालाई प्राथमिकता दिंदै पश्चिम नेपालमा स्वास्थ्य सेवाको नयाँ आयाम थपेको छ ।
    सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.ले मानसिक स्वास्थ्य र लतजन्य समस्याहरूको पहिचान, परामर्श, उपचार, र पुनस्र्थापना सेवालाई लक्षित गरी यो विभाग स्थापना गरेको हो । अनुभवी मनोचिकित्सक, मनोपरामर्शदाता, र एम. डी मनोचिकित्सक डा. संजिव रंजनको नेतृत्वमा तालिमप्राप्त नर्सिङ कर्मचारी र अत्याधुनिक प्रविधिको सहयोगले यो सेवा संचालन ल्याएको छ ।
    मानसिक रोगको परामर्श र उपचार डिप्रेशन, एंग्जायटी, सिजोफ्रेनिया, बायपोलार डिसअर्डर र न्युरोसिस जस्ता समस्याहरूको उपचार, लागूपदार्थ दुव्र्यसन व्यवस्थापन मदिरा, धूम्रपान, र लागूऔषधको लतबाट मुक्तिका लागि परामर्श र उपचार, किशोर–किशोरीको मानसिक स्वास्थ्य सहायता युवा पुस्तालाई लक्षित विशेष परामर्श, औषधीय तथा मनोसामाजिक उपचार व्यक्तिगत र पारिवारिक परामर्शसहित, इमर्जेन्सी र भर्ना सुविधा मानसिक स्वास्थ्य समस्याका लागि तत्काल सेवा, पुनस्र्थापना सेवः आवश्यक परेमा रिह्याबिलिटेसन सुविधाको सहजीकरण जस्ता सेवा दिने हस्पिटलले जनाएको छ ।
    हस्पिटलका प्रवन्ध निर्देशक अर्जुन पौडेलका अनुसार, भैरहवा र आसपासका क्षेत्रमा मानसिक स्वास्थ्य समस्या र लतजन्य रोगहरूको वृद्धि भइरहेको छ । “हाम्रो लक्ष्य आधुनिक प्रविधि र मानवमूल्यमा आधारित उपचार सेवा प्रदान गर्नु हो,” उनले भने । “यो विभागले स्थानीय समुदायलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्नेछ ।”
    डा. संजिव रंजन, जो बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र यु.सी.एम.एस, भैरहवाबाट अनुभव प्राप्त चिकित्सक हुन्, उनले हालका वर्षहरूमा तनाव, चिन्ता, डिप्रेशन, र लागूऔषध दुव्र्यसनका कारण प्रभावित युवाहरूको संख्या बढिरहेको बताए । उनले भने “हाम्रो टोलीले यस्ता समस्याहरूलाई समाधानका लागि विशेषज्ञ सेवा प्रदान गर्नेछ,”


    हस्पिटलका निर्देशक डा. अमित चतुर्वेदीले यो विभागले पश्चिम नेपालमा मानसिक स्वास्थ्य सेवामा नयाँ युगको सुरुवात गर्ने विश्वास रहेको बताए । डा. अमित चतुर्वेदीले भने, “हामी बिरामी र तिनका परिवारलाई सुरक्षित, गोप्य, र सहज वातावरणमा सेवा प्रदान गर्न प्रतिबद्ध छौं,”
    यस विभागले विद्यालय, कलेज, र कार्यालयहरूमा मानसिक स्वास्थ्य सम्बन्धी जागरूकता कार्यक्रम, स्क्रिनिङ क्याम्प, र सामुदायिक हेल्थ आउटरीच कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ । यी पहलहरूले समुदायमा मानसिक स्वास्थ्यप्रति सचेतना फैलाउने र समस्याको प्रारम्भिक पहिचानमा सहयोग पु¥याउने अपेक्षा गरिएको ।
    नयाँ विभागको सुरुवातसँगै स्थानीय बासिन्दाहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । एक स्थानीय नागरिकले भने, “अब मानसिक समस्याको उपचारका लागि काठमाडौं वा पोखरा जानुपर्ने बाध्यता हट्यो । भैरहवामै गुणस्तरीय सेवा पाउनु ठूलो कुरा हो ।” अर्का स्थानीयले यो सेवालाई समुदायका लागि “आवश्यक र सकारात्मक कदम” को रूपमा रहेको बताए ।
    सिद्धार्थनगर सिटी हस्पिटलको यो नयाँ पहलले लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य र नशा सम्बन्धी समस्याहरूको उपचारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । अत्याधुनिक प्रविधि, अनुभवी टोली, र समुदायप्रति प्रतिबद्धताका साथ यो विभागले स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.