logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लगातार तेस्रो पटक जिल्लाकै प्रथम उत्कृष्ट स्वास्थ्य सूचक अंकमा मर्चवारी


    १४ कार्तिक २०८२ , शुक्रबार

    लगातार तेस्रो पटक जिल्लाकै प्रथम उत्कृष्ट स्वास्थ्य सूचक अंकमा मर्चवारी

    असलम खान। लुम्बिनीखबर

    मर्चवार, कार्तिक। वर्ष २०८१/०८२ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षामा मर्चवारी गाउँपालिका लगातार तेस्रो पटक प्रथम स्थान हासिल गर्न सफल भएको छ। स्वास्थ्य सूचक अंकका आधारमा गरिएको यो वार्षिक मूल्याङ्कनमा गाउँपालिकाले उल्लेखनीय प्रदर्शन गर्दै जिल्लाकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदायकको रूपमा आफूलाई स्थापित गरेको छ।

    जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीको समन्वयमा सम्पन्न समीक्षा कार्यक्रममा गाउँपालिकाले विगतका वर्षहरूको तुलनामा स्वास्थ्य सूचकहरूमा उल्लेख्य सुधार भएको जानकारी गराएको छ। गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको नेतृत्वमा स्वास्थ्य शाखाले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरूले यो सफलता हासिल गर्न मद्दत पुगेको बताइएको छ। यस उपलब्धिमा जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत तथा सम्पूर्ण कर्मचारीहरू, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू, मर्चवारीवासीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा विभिन्न सहयोगी संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको गाउँपालिकाले जनाएको छ।

    समिक्षा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षले भने, “यो सफलता हाम्रो सामूहिक प्रयासको फल हो। स्वास्थ्य क्षेत्रमा निरन्तर सुधार गर्नु हाम्रो प्राथमिकता हो।” उनले आगामी दिनहरूमा अझ बढी सहयोगको अपेक्षा गर्दै स्वास्थ्य शाखामार्फत सबै स्वास्थ्यकर्मीहरूलाई योजना अनुरूप प्रतिबद्धतापूर्वक टिमवर्कमा सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरेका छन्। यस उपलब्धिले गाउँपालिकाको काँधमा थप जिम्मेवारी बढेको भ। स्वास्थ्य क्षेत्रमा निरन्तर सुधारको प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “हामी स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन कटिबद्ध छौं।”

    यो लगातार तेस्रो सफलताले मर्चवारी गाउँपालिकालाई स्वास्थ्य सेवामा जिल्लाकै उत्कृष्ट नमुना बनाएको छ। स्थानीयवासीहरूले पनि यस उपलब्धिप्रति खुशी व्यक्त गरेका छन्। एक स्थानीय बासिन्दाले भने, “गाउँपालिकाको स्वास्थ्य सेवा दिनप्रतिदिन सुधार हुँदै गएको छ। यसले हामीलाई गर्वको अनुभूति गराएको छ।”

    गाउँपालिकाले स्वास्थ्य सूचकांकहरूमा सुधार ल्याउनका लागि नियमित खोप अभियान, मातृ तथा शिशु स्वास्थ्य कार्यक्रम, सरसफाई अभियान र स्वास्थ्य शिक्षा जस्ता कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.