logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    जिउ मास्ने बेच्ने र सुन चोरी पैठारी मुद्दाका फरार दुई कैदी पक्राउ


    २ मंसिर २०८२ , मंगलबार

    जिउ मास्ने बेच्ने र सुन चोरी पैठारी मुद्दाका फरार दुई कैदी पक्राउ

    लुम्बिनीखबर
    भैरहवा, २ मंसिर । केन्द्रीय कारागार जगन्नाथदेवल (सुन्धारा) बाट यस वर्षको न्हू (इन्द्रजात्रा) आन्दोलनको क्रममा फरार भएका दुई जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
    मानव बेचबिखन तथा ओसारपसार (जिउ मास्ने बेच्ने) र सुनको भन्सार चोरी पैठारी मुद्दामा सजाय भुक्तान गरिरहेका ती दुई कैदीलाई फरार भएको लामो समय नबित्दै प्रहरीले पक्राउ गरी पुनः कारागार चलान गरेको हो ।
    पक्राउ पर्नेमा पहिलो नम्बरमा धादिङको गजुरी गाउँपालिका–२ घर भई हाल ललितपुरमा बस्दै आएकी ४४ वर्षीया शान्ति भन्ने गीता लामा रहेकी छिन् । उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सर्वोच्च अदालतले २२ वर्ष कैद सजाय सुनाएको थियो । २०७६ साल साउन १९ गतेदेखि महिला बन्दी गृह, सुन्धारामा कैद भुक्तान गरिरहेकी लामा गत २०८२ भदांै २४ गते कारागारबाट फरार भएकी थिइन् । प्रहरीले उनलाई हिजो (मंसिर १ गते) ललितपुर महानगरपालिका–३ धोबिघाटबाट पक्राउ गरेको हो ।
    यस्तै, सुनको भन्सार चोरी पैठारी मुद्दामा १ वर्ष कैद र एक करोड आठ लाख ३९ हजार सात सय सत्चालीस रुपैयाँँ पचास पैसा जरिवाना तोकिएका काठमाडौँ महाराजगञ्जका ३३ वर्षीय मोहन महर्जन पनि सोही दिन कारागारबाट फरार भएका थिए । २०८१ चैत ६ गतेदेखि कैद भुक्तान गरिरहेका महर्जनलाई प्रहरीले गत असोज ३० गते काठमाडौँ महानगरपालिका–१७ धोबिचौरबाट पक्राउ गरेको छ ।
    दुवै जनालाई भदौं २४ गते कारागार परिसरमा भएको न्हू आन्दोलन तथा झडपको मौकाछोप गरी फरार भएको खुलेको छ । कारागार स्रोतका अनुसार सो दिन केही बन्दीहरूले अवसर छोपेर भागेका थिए ।
    केन्द्रीय कारागार कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई निरन्तर खोजी गरेर सफलतापूर्वक पक्राउ गर्न सफल भएको कारागार प्रशासनले जनाएको छ । पक्राउ परेका दुवै कैदीलाई आजै कारागार कार्यालय जगन्नाथदेवलमा बुझाइएको र बाँकी कैद तथा जरिवाना भुक्तान प्रक्रिया अघि बढाइने नेपाल प्रहरी प्रधान
    कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.