logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    बाँकेमा अवैध रूपमा भन्सार छली ल्याइएको १४ क्विन्टल केराउ बरामद


    २ मंसिर २०८२ , मंगलबार

    बाँकेमा अवैध रूपमा भन्सार छली ल्याइएको १४ क्विन्टल केराउ बरामद

    लुम्बिनीखबर

    भैरहवा, २ मंसिर। जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएको ठूलो परिमाणको केराउ (मटर) बरामद गरेको छ।

    प्रहरीले कार्तिक २७ गते नेपालगञ्ज उपमहानगरपालिका–२, खजुरा गाउँपालिका क्षेत्रमा पर्ने गुर्जेपुरा भन्ने स्थानबाट १४ क्विन्टल २१ किलोग्राम केराउ बरामद गरेको थियो। बरामद केराउको अनुमानित मूल्य ५ लाख ७ हजार ७३० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

    उक्त केराउ भारतबाट अवैध बाटो प्रयोग गरी नेपाल भित्र्याइएको र भन्सार छली गरेको खुलेपछि आवश्यक कारबाहीका लागि (आज) २ मंसिर नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.