logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    बुद्धको जन्मभुमिमा लुम्बिनी प्रेस क्लब द्वारा “तेस्रो लुम्बिनी न्युज फेस्टिभल” हुदै


    ६ पौस २०८२ , आइतबार

    बुद्धको जन्मभुमिमा लुम्बिनी प्रेस क्लब द्वारा “तेस्रो लुम्बिनी न्युज फेस्टिभल” हुदै

    झब्बर यादव। पशुपति यादव । लुम्बिनीखबर

    रोहिणी, पुस । अब ६ दिन मात्र बाँकी छ । लुम्बिनी, बुद्धको जन्मस्थल, विश्व शान्तिको प्रतीक बनेको यो पवित्र भूमि अब नेपाली पत्रकारिताको लागि पनि महत्वपूर्ण केन्द्र बन्दैछ । भैरहवामा केन्द्रिय कार्यालय रहेको लुम्बिनी प्रेस क्लबले आयोजना गर्ने तेस्रो न्युज फेस्टिभल (समाचार महोत्सव) पौष १२, १३ र १४ गते (डिसेम्बर २७, २८ र २९, २०२५) लुम्बिनीमा हुँदैछ । यो महोत्सवले नेपाली पत्रकारिताको इतिहास, वर्तमान र भविष्यलाई समीक्षा गर्दै बहस र अन्तरक्रियाको माध्यमबाट नयाँ दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

    लुम्बिनी प्रेस क्लब १२ वर्षअघि स्थापित भएको यो संस्थाले पत्रकारिताको विकास र सुदृढीकरणका लागि निरन्तर प्रयास गर्दै आएको छ । क्लबले २०७६ साल मंसिर १–३ गते लुम्बिनीमा पहिलो न्युज फेस्टिभल आयोजना गरेको थियो, जसमा काठमाडौंका ५० जना सम्पादक र देशभरका ३०० जना पत्रकार सहभागी थिए । यो नेपालको इतिहासमा पहिलो पटक यस्तो ठूलो स्तरको पत्रकार सम्मेलन थियो । दोस्रो महोत्सव २०८० सालमा भैरहवामा सम्पन्न भयो । अब तेस्रो पटक लुम्बिनीमा फर्केर यो कार्यक्रम ऐतिहासिक र उपलब्धिमूलक बनाउने तयारी भइरहेको छ ।

    महोत्सवमा नेपाली पत्रकारिताका विभिन्न विधा, चुनौती, स्वतन्त्रता, जिम्मेवारी र डिजिटल युगका प्रभावबारे छलफल हुनेछ । भारतको उत्तर प्रदेश र सिक्किमका पत्रकार, काठमाडौंका मुख्यधारका पत्रकार तथा नेपालका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने पत्रकारहरू सहभागी हुनेछन् । यसले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा नेपाली पत्रकारितालाई जोड्ने अवसर प्रदान गर्नेछ । 

    लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले यो महोत्सवलाई ऐतिहासिक बनाउने गरी गृहकार्य भइरहेको बताउनुभयो । रायमाझीले भन्नुभयोे, “लुम्बिनीमा तेस्रो पटक हुन गईरहेको समाचार महोत्सवलाई ऐतिहासिक र उपलब्धिपूर्ण बनाउन हामी सबै लागिरहेका छौं । यो महोत्सवमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रको बारेमा छलफल, बहस, अन्तरक्रिया हुनेछ । पहिलो महोत्सवले नेपाली पत्रकारितालाई नयाँ उचाइ दियो, दोस्रोले यसलाई मजबुत बनायो र अब तेस्रोले यसलाई थप प्रभावकारी बनाउने छ । ”

    रायमाझीका अनुसार, महोत्सवले नेपाली पत्रकारिताको इतिहासको समीक्षा गर्दै वर्तमानको अवस्था उजागर गर्नेछ र भविष्यको मार्ग तय गर्न योगदान दिनेछ । “हामीले पत्रकारिताको स्वतन्त्रता, नैतिकता, जिम्मेवारी र डिजिटल युगका चुनौतीहरूलाई मुख्य विषय बनाएका छौं । लुम्बिनी जस्तो शान्तिको भूमिमा यो कार्यक्रमले पत्रकारहरूलाई नयाँ ऊर्जा दिनेछ । सबै पत्रकारहरूको सक्रिय सहभागिताले मात्र यो सफल हुनेछ,। ” 

    रायमाझीले यो महोत्सवलाई नेपाली पत्रकारिताको एकताको प्रतीक बनाउने लक्ष्य रहेको बताउनुभयो । “पत्रकारिता समाजको दर्पण हो । यसलाई मजबुत बनाउन यो मञ्च महत्वपूर्ण छ । हामीले विभिन्न सत्रहरूमा विशेषज्ञहरूको सहभागितासहित बहस गराउने योजना बनाएका छौं । यसबाट पत्रकारहरूबीच नेटवर्किङ बढ्नेछ र नयाँ विचारहरू आउनेछन् । ” रायमाझीले सबै पत्रकारहरूलाई सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन् । यो महोत्सवले लुम्बिनीलाई पत्रकारिताको नयाँ केन्द्र बनाउने विश्वास रायमाझीको छ ।

    लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले क्लबको स्थापनादेखि नै पत्रकारिताको विकासमा जोड दिएको स्मरण गर्नुभयो । ढुङगानाले भन्नुभयो, “१२ वर्षअघि क्रियाशील पत्रकारहरूको सक्रियतामा क्लब स्थापना भयो । हाम्रो मुख्य उद्देश्य पत्रकारिताको पेशागत विकास, स्वतन्त्रता र जिम्मेवारी थियो । पहिलो न्युज फेस्टिभलले नै हामीलाई प्रेरित ग¥यो । त्यसबेला काठमाडौंका सम्पादकहरू र देशभरका पत्रकारहरू लुम्बिनीमा जम्मा भएर पत्रकारिताको भविष्यबारे छलफल गरेका थियौं । ”

    ढुंगानाका अनुसार, क्लबले विभिन्न कार्यक्रममार्फत पत्रकारहरूलाई प्रशिक्षण, सहयोग र एकताको अवसर दिइरहेको छ । “तेस्रो न्युज फेस्टिभलले नेपाली पत्रकारितालाई नयाँ दिशा दिनेछ । लुम्बिनीमा बुद्धको शान्ति सन्देशसँगै पत्रकारिताको नैतिकता र सत्यको खोजी जोडिनेछ । यो कार्यक्रमले पत्रकारहरूलाई चुनौतीहरूको सामना गर्न सक्षम बनाउनेछ ।”

    ढुंगानाले महोत्सवमा अन्तर्राष्ट्रिय पत्रकारहरूको सहभागिताले नेपाली पत्रकारितालाई विश्वसँग जोड्ने बताउनुभयो । “हामीले पहिलो महोत्सवमा ३०० पत्रकार जम्मा गरेका थियौं । अब यो संख्या बढेर थप प्रभावकारी हुनेछ । पत्रकारितामा डिजिटल क्रान्ति, फेक न्यूज, प्रेस स्वतन्त्रता जस्ता विषयहरूमा गहन छलफल हुनेछ ।“ ढुंगानाले क्लबको यात्रालाई निरन्तरता दिन युवा पत्रकारहरूलाई सक्रिय बनाउनुपर्ने जोड दिनुभयो । “यो महोत्सवले नेपाली पत्रकारिताको इतिहासमा नयाँ अध्याय थप्नेछ । सबैले सहभागिता जनाएर यसलाई सफल बनाऔं । ”

    कार्यक्रमका संयोजक तथा क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले यो महोत्सव नेपाली पत्रकारिता जगतमा ऐतिहासिक भएको बताउनुभयो । बडुवालले भन्नुभयो, “नेपाली पत्रकारितामा लुम्बिनी न्युज फेस्टिभल ऐतिहासिक कार्यक्रम हो । यो कार्यक्रममा सबै पत्रकारहरूलाई सक्रियतापूर्वक सहभागिता जनाउन हामीले आग्रह गरेका छौं । भारतका पत्रकारहरू, काठमाडौंका मुख्यधारका साथै देशभरका प्रतिनिधि पत्रकारहरू आउनेछन् । ”

    बडुवालका अनुसार, महोत्सवमा समाचारका विभिन्न विधाहरूबारे छलफल हुनेछ । “यो कार्यक्रमले पत्रकारिताको इतिहास समीक्षा गर्दै वर्तमानको चुनौती र भविष्यको योजना बनाउनेछ । डिजिटल युगमा पत्रकारिताको भूमिका, नैतिकता र जिम्मेवारी मुख्य विषय हुनेछन् । ” बडुवालले लुम्बिनीको शान्ति वातावरणले बहसलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

    बडुवालले भन्नुभयो, “पहिलो महोत्सवले आधार तयार ग¥यो, दोस्रोले यसलाई मजबुत बनायो र अब तेस्रोले यसलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने छ । पत्रकारहरूबीच नेटवर्किङ, ज्ञान आदानप्रदान र एकताको अवसर हुनेछ । ” बडुवालले सबै पत्रकारहरूलाई सहभागी भई नेपाली पत्रकारितालाई बलियो बनाउन आह्वान गर्नुभयो । “यो महोत्सवले पत्रकारितालाई नयाँ ऊर्जा दिनेछ । लुम्बिनीमा बुद्धको शान्ति सन्देशसँगै सत्य र निष्पक्ष पत्रकारिताको सन्देश फैलिनेछ । ” लुम्बिनी न्युज फेस्टिभलले नेपाली पत्रकारितालाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.