logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    दशगजा सरसफाई तथा बृक्षारोपण गदै मैत्री संघ


    २९ साउन २०७३ , शनिबार

    दशगजा सरसफाई तथा बृक्षारोपण गदै मैत्री संघ

    कमल रायमाझी
    भैरहवा,साउन २९ । नेपाल भारत मैत्रि संघ उपशाखा बेलहिया रुपन्देहीले सरसफाई तथा बृक्षारोपण कार्यक्रम गर्ने भएको छ ।
    भारतिय स्वतन्त्रता दिवश १५ अगस्तको अवशर पारेर मैत्रि संघले आइतवार वेलहिया माध्यामीक विद्यालय परिशरमा बृक्षारोपण तथा दशगजा क्षेत्रमा सरसफाई गर्ने मैत्री संघको उपशाखा बेलहियाले जनाएको छ ।
    दुइ देश विचको सयौ देखीको सम्वन्धमा थप सुमुधुर वनाउन र सिमाक्षेत्रमा वसोवास गर्ने जनता विचको भाईचारका लागी यो कार्यक्रम आयोजना गरिएको वेलहिया गाउ समाजका निवर्तमान अध्यक्ष तथा सरसफाई तथा बृक्षारोपण कार्यक्रमका संयोजक सुरेन्द्र क्षेत्रीले जानकारी दिए ।
    मधेस आन्दोलन तथा नाकावन्दीका कारण विगत केहि समय देखी चिसिएको नेपाल भारत सम्वन्ध सुधारका लागी समेत यो कार्यक्रम गर्न लागीएको आयोजकले वताएका छन् ।
    नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष सिद्धार्थ अग्रवालको ,सभासद इस्तियाक अहमद खां,सिद्धार्थनगर नगरपालिकाका बरिष्ठ अधिकृत गणेश क्षेत्री ,जिल्ला विकास समिति रुपन्देहीका निमित्त प्रमुख अक्तर हुसेन लगाएतको आथित्यता हुने मैत्रि संघ वेलहिया उपशाखाका अध्यक्ष श्रीचन्द्र गुप्ताले वताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.