logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    आगलागी जोखिम न्यूनीकरणमा लुम्बिनी विपद् समितिको बैठक


    ४ चैत्र २०८२ , बुधबार

    आगलागी जोखिम न्यूनीकरणमा लुम्बिनी विपद् समितिको बैठक

    अन्जना चौहान। लुम्बिनीखबर 

    लुम्बिनी, चैत । लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्पना हरिजनको अध्यक्षतामा आज यहाँ स्थानीय विपद् व्यवस्थापन समितिको महत्वपूर्ण बैठक सम्पन्न भएको छ। 

    बैठकले वर्तमान मौसममा बढ्दै गएको हावाहुरी र आगलागीको जोखिमलाई मध्यनजर गर्दै तत्काल प्रभावकारी कदम चाल्ने निर्णय गरेको छ।

    बैठकमा सहभागीहरूले चालू मौसममा हावाहुरीका कारण गहुँबाली तथा अन्य कृषि क्षेत्रमा आगलागी हुने सम्भावना उच्च रहेको निष्कर्ष निकालेका थिए। यसलाई रोक्न र नियन्त्रण गर्न नगरपालिकाभरि व्यापक जनचेतना अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। सूचना सामग्री छपाई, माइकिङ, सामुदायिक सञ्जाल, स्थानीय सञ्चार माध्यम तथा गाउँ–टोल स्तरमा प्रत्यक्ष सम्पर्कमार्फत प्रचार–प्रसारलाई तीव्र बनाइने बताइएको छ।

    कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले विपद् आउनुअघि नै पूर्वतयारी र जनचेतनालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भन्नुभयो, “हावाहुरी र आगलागी जस्ता विपद्ले कृषकहरूको मेहनत खेर जान सक्छ। त्यसैले सबैले मिलेर सचेतना फैलाउनु र सुरक्षित व्यवहार अपनाउनु अहिलेको मुख्य आवश्यकता हो।”

    बैठकले अन्य विविध विषयहरूमा पनि आवश्यक छलफल गरी समितिलाई थप सक्रिय बनाउने, नियमित अनुगमन गर्ने तथा आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका लागि थप योजनाहरू तयार पार्ने सहमति गरेको छ। 

    बैठकमा प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, सम्पूर्ण वडाध्यक्षहरू, इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख होमनाथ रेग्मी, सशस्त्र प्रहरी बल बेस पडरियाका सशस्त्र प्रहरी निरीक्षक विश्वजीत खवास, वरिष्ठ जनस्वास्थ्य अधिकृत ध्रुवराज घिमिरे, प्रशासन शाखा प्रमुख शोभाखर पौडेल, विपद् व्यवस्थापन शाखा प्रमुख शेषराम यादव, पर्यटन तथा समन्वय शाखा प्रमुख फणिन्द्र कुमार पाल गडेरिया लगायत अन्य सरोकारवाला तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.