logo
  • १७ भाद्र २०८३ , बुधबार
    • ट्रेन्डिङ

    विपद् मा एकजुट बनौँ : भैरहवा भन्सार एजेन्ट संघ


    ११ भाद्र २०८३ , बिहिबार

    विपद् मा एकजुट बनौँ : भैरहवा भन्सार एजेन्ट संघ

    कमल रायमाझी
    रुपन्देही, ११ भदौ । तिब्बततर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली–भोटेकोशी नदी क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगर, रुपन्देहीले दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

    संघका अध्यक्ष मधुप्रसाद पन्थीले जारी गर्नुभएको अपिलमा रसुवाको स्याफ्रुबेँसी, टिमुरे, नुवाकोट, धादिङ, गोरखा हुँदै चितवनको नारायणगढसम्मका विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपद्को अवस्था सिर्जना भएको उल्लेख छ।

    बाढीका कारण सहकर्मी भन्सार एजेन्ट, रसुवा भन्सारमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएको खबरले संघलाई अत्यन्त मर्माहत बनाएको जनाइएको छ। सम्पर्कविहीन सबैको शीघ्र सकुशल उद्धारको कामना गर्दै संघले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

    संघले विपद्को समयमा भन्सार एजेन्ट, व्यवसायी तथा सम्पूर्ण भन्सार परिवारलाई एकआपसमा सहयोग र सहकार्य गर्न आह्वान गरेको संघका महासचिव बिष्णु भुसालले जानकारी दिनुभयो । साथै बाढी प्रभावित नागरिक, उद्योगी तथा व्यवसायीको उद्धार र राहतका लागि नेपाल सरकार तथा सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएको छ।

    “मानवीय सहयोग, सहकार्य र एकतामार्फत विपद्मा परेका नागरिकलाई आवश्यक साथ र सहयोग प्रदान गरौँ,” अपिलमा भनिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.