logo
  • १७ भाद्र २०८३ , बुधबार
    • ट्रेन्डिङ

    प्रहरीको ड्रोनबाट शव फेला, खोजी गर्दा एउटै घरबाट २४ शव बरामद


    १६ भाद्र २०८३ , मंगलबार

    प्रहरीको ड्रोनबाट शव फेला, खोजी गर्दा एउटै घरबाट २४ शव बरामद

    लुम्बिनीखबर 

    नुवाकोट, १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीपछि नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला परेका छन्।

    बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरीले ड्रोन क्यामेराको प्रयोग गरिरहेको थियो। सोही क्रममा ड्रोनबाट एउटा शव देखिएपछि प्रहरीको खोज तथा उद्धार टोली उक्त स्थानतर्फ गएको थियो।

    ड्रोनमा देखिएको शव विदुर नगरपालिका–१० बेत्रावतीस्थित बच्चुराम अवस्थीको घरमा रहेको खुलेपछि प्रहरीले थप खोजी अघि बढाएको थियो। बाढीले बगाएर ल्याएको दलदले हिलो र भग्नावशेषका कारण घरसम्म पुग्न निकै कठिन अवस्था थियो।

    प्रहरी निरीक्षकद्वय महेन्द्र दर्नाल र युवराज कटुवाल नेतृत्वको टोलीले नजिकै रहेका भग्नावशेषबाट जस्तापाता, काठ, डोरीलगायत सामग्री जुटाएर दलदले हिलो पार गर्दै घरसम्म पुग्न सफल भएको थियो।

    घरभित्र थप शव हुनसक्ने आशंकामा खोजी गर्ने क्रममा थप २३ वटा शव फेला परेका हुन्। फेला परेका २४ शवमध्ये एक बालिका, ११ पुरुष र १२ महिला रहेका छन्।

    फेला परेका शवको मुचुल्का तयार गर्ने कार्य सम्पन्न गरी व्यवस्थापनका लागि पठाउने प्रक्रिया भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले जानकारी दिनुभयो।

    दलदले हिलोका कारण घटनास्थलबाट शव व्यवस्थापन गर्न कठिनाइ भइरहेको र शव व्यवस्थापनका लागि हेलिकप्टर आवश्यक पर्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

    बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीले स्थानीय तह तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.