लुम्बिनीखबर
भैरहवा, १७ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस), भैरहवाले रु २५ लाख सहयोग गरेको छ।अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।
अस्पतालका अध्यक्ष रमेश शर्माले चेक हस्तान्तरण गर्दै बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा विशेष ध्यान दिन आग्रह गर्नुभयो। अस्पतालका सुचना अधिकृत सुसिल गुरूङले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्रमा बाढीबाट ठूलो जनधनको क्षति भएकाले प्रभावित नागरिकको सहयोगका लागि रकम प्रदान गरिएको बताउनुभयो।
युसिएमएस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेज तथा शिक्षण अस्पताल हो।