logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    भोटेकोशी बाढीः मृतकको संख्या १,२५२ पुग्यो


    १८ भाद्र २०८३ , बिहिबार

    भोटेकोशी बाढीः मृतकको संख्या १,२५२ पुग्यो

    लुम्बिनीखबर

    काठमाडौँ, १८ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न जिल्लामा खोजी तथा उद्धारका क्रममा बिहीबार बिहान १० बजेसम्म १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा १९० छन्। भारतमा फेला परी नवलपरासी पश्चिममा बुझाइएका १८ शवसमेत उक्त संख्यामा समेटिएका छन्।

    फेला परेका शवमध्ये ९५ शव पहिचानपछि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ। डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी ८९७ शव व्यवस्थापन गरिएको छ। व्यवस्थापन गरिएका शवमध्ये २१३ महिला, ३१४ पुरुष र ३७० जनाको लिङ्ग पहिचान हुन सकेको छैन। पहिचान हुन बाँकी ९५९ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ। प्रहरीले बेपत्ता ४ हजार ८७५ जनाको खोजी जारी राखेको जनाएको छ।

    बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९१२ प्रहरी परिचालन गरिएको छ। विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा ३ हजार १२६ जनालाई राखिएको प्रहरीले जनाएको छ।

    प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै स्थानीयवासी तथा सम्बन्धित निकायसँगको समन्वयमा खोज तथा उद्धार र अवरुद्ध सडक खुलाउने कार्यसमेत जारी राखेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.