logo
  • १९ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    त्रिभुवन विमानस्थलमा यात्रुको चाप बढ्यो


    १३ असोज २०८३ , मंगलबार

    त्रिभुवन विमानस्थलमा यात्रुको चाप बढ्यो

    लुम्बिनीखबर
    काठमाडौँ, १३ असोज । लगातार तीन दिनदेखि परेको वर्षाका कारण सडक यातायात प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको चाप बढेको छ। देशका विभिन्न स्थानतर्फ जाने सडक मार्ग अवरुद्ध तथा जोखिमपूर्ण बनेपछि यात्रुहरू हवाई मार्ग प्रयोग गर्न थालेका छन्। जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा बिहानैदेखि यात्रुको भीड लागेको छ।

    विमानस्थलको आन्तरिक टर्मिनलभित्र तथा बाहिर यात्रुको बाक्लो उपस्थिति देखिएको छ। सडकमार्गबाट यात्रा गर्न कठिन भएपछि सरकारले वैकल्पिक यातायातका रूपमा हवाई मार्गलाई प्राथमिकता दिएको छ। विमानस्थलमा हजारौँ यात्रु जम्मा भएपछि आन्तरिक उडानतर्फ चाप बढेको जनाइएको छ। यात्रुको भीड बिहानदेखि साँझसम्म कायम रहने गरेको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रतिकूल मौसम तथा सडक यातायातमा आएको अवरोधका कारण हवाई यात्रुको चाप बढेको जनाएको छ। यात्रुको चापसँगै उडान तथा टिकट व्यवस्थापनमा समेत चुनौती देखिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.