logo
  • २ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    उद्योग वाणिज्य सङ्घ रूपन्देहीको धकधइमा शाखा विस्तार, १८ सदस्यीय कार्यसमिति गठन


    २ कार्तिक २०८३ , आइतबार

    उद्योग वाणिज्य सङ्घ रूपन्देहीको धकधइमा शाखा विस्तार, १८ सदस्यीय कार्यसमिति गठन

    पशुपति यादव। लुम्बिनीखबर 
    रोहिणी, असोज । स्थानीय उद्योगी तथा व्यवसायीहरूको व्यापारिक हकहित संरक्षण गर्ने र आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यका साथ उद्योग वाणिज्य सङ्घ रूपन्देहीले धकधइमा शाखा विस्तार गरी १८ सदस्यीय कार्यसमिति गठन गरेको छ।


    रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित विशेष कार्यक्रमबीच नयाँ शाखाको कार्यसमिति गठन गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले ग्रामीण तथा स्थानीय बजारलाई मुख्य आर्थिक प्रणालीसँग जोड्न शाखाले सेतुको भूमिका निर्वाह गर्ने बताए। उनले स्थानीय बजार व्यवस्थापन र उपभोक्ता तथा व्यवसायीहरूका समस्या राज्यका निकायसम्म पुर्‍याउने शाखाको भूमिका महत्वपूर्ण रहने विश्वास पनि व्यक्त गरे।
    उद्योग वाणिज्य सङ्घ रूपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले नवगठित धकधइ शाखाका पदाधिकारीहरूले आगामी दिनमा स्थानीय बजार तथा स्थानीय उत्पादनको प्रदर्शनी, वित्तीय साक्षरता र उद्यमशीलता विकाससम्बन्धी जागरण अभियान सञ्चालन गर्न सक्ने बताए।
    कुर्बान अली फकिरको संयोजकत्वमा सल्लाहकारसहित १८ सदस्यीय कार्यसमिति गठन गरिएको नवनिर्वाचित पदाधिकारीहरूले जानकारी दिएका छन्। कोषाध्यक्षमा शैलेन्द्र गुप्ता र सचिवमा सुरेन्द्र यादव चयन भएका छन्।
    कार्यक्रममा स्थानीय व्यापारी, नागरिक समाजका प्रतिनिधि र जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। शाखा विस्तार भएकोमा सबैले खुसी व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन कृष्णप्रसाद घिमिरेले गरेका थिए भने उद्योग वाणिज्य सङ्घ रूपन्देहीका उपाध्यक्ष दिलिपकुमार कान्दु, सल्लाहकार विजय पाण्डेलगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो। समिति गठनसँगै शुभकामना प्रदान कार्यक्रम पनि सम्पन्न भएको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.