logo
  • २७ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    स्थानीय विवाद समाधानमा ओमसतियाको न्यायिक समिति अब्बल


    २६ असोज २०८३ , सोमबार

    स्थानीय विवाद समाधानमा ओमसतियाको न्यायिक समिति अब्बल

    लुम्बिनीखबर

    सिद्धार्थनगर, असोज । रूपन्देहीको ओमसतिया गाउँपालिकामा उपाध्यक्ष सुनिता चौधरीको नेतृत्वमा रहेको न्यायिक समितिले स्थानीयस्तरका विवाद निरुपणमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ।

    गाउँपालिकाभित्रका सर्वसाधारणलाई घरआँगनमै छिटो, छरितो र निष्पक्ष न्याय दिलाउने उद्देश्यका साथ क्रियाशील रहेको न्यायिक समितिले आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका विवादहरूमध्ये ७४.१९ प्रतिशत मुद्दा सफलतापूर्वक निरुपण गरेको छ।

    ​उपाध्यक्ष सुनिता चौधरीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा न्यायिक समितिमा जम्मा ६२ वटा विवाद दर्ता भएका थिए। तीमध्ये न्यायिक समिति आफैँबाट ३५ वटा र सूचीकृत मेलमिलापकर्ताहरूमार्फत ११ वटा गरी जम्मा ४६ वटा मुद्दा निरुपण भएका हुन्। यसैगरी, आर्थिक वर्ष २०८२/०८३ मा समितिमा दर्ता भएका ३९ वटा निवेदनमध्ये ३३ वटा उजुरी किनारा लागिसकेका छन्। जसमध्ये ८ वटा विवाद मेलमिलाप प्रक्रियाबाट सहमतिमा टुंग्याइएको छ भने ३ वटा निवेदन अदालतमा पठाइएको र १ वटा निवेदन फिर्ता भएको छ।

    ​न्यायिक समितिको कार्यसम्पादनलाई थप पारदर्शी, सरल र सेवाग्राहीमैत्री बनाउन समिति निरन्तर लागिपरेको छ। स्थानीय तहमा उत्पन्न हुने विवादहरूलाई निष्पक्ष र कानुनसम्मत रूपमा निरुपण गर्दै जित-जितको सिद्धान्तका आधारमा मेलमिलाप गराएर समुदायमा सामाजिक सद्भाव कायम राख्न समितिले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। उजुरी दर्तादेखि निर्णय कार्यान्वयनसम्मको प्रक्रियालाई प्रभावकारी बनाउनुका साथै न्यायमा सर्वसाधारणको सहज पहुँच सुनिश्चित गर्न जनचेतनामूलक तथा समन्वयात्मक गतिविधिहरू समेत सञ्चालन भइरहेका छन्।

    ​यसका साथै न्यायिक सम्पादनलाई थप मजबुत र नतिजामुखी बनाउनका लागि न्यायिक समितिका पदाधिकारी तथा सदस्यहरूको क्षमता अभिवृद्धि र कानुनी ज्ञान विस्तार सम्बन्धी विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरिएको छ। सम्बन्धित अन्य निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै गाउँपालिकाभित्र न्याय सम्पादनको कार्यलाई थप प्रभावकारी ढङ्गले अगाडि बढाइएको उपाध्यक्ष चौधरीले जानकारी दिनुभयो। 

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.