logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    रुसी राष्ट्रपतिको कार दुर्घटनाग्रस्त, चालकको मृत्यु


    २२ भाद्र २०७३ , बुधबार

    रुसी राष्ट्रपतिको कार दुर्घटनाग्रस्त, चालकको मृत्यु

    timthumb.php
    मस्को, भदौ २२ (एजेन्सी)

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा राष्ट्रपति पुटिनका चालकको मृत्यु भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    राष्ट्रपति पुटिनको बीएमडब्ल्यू कार दुर्घटनामा परेको हो। मस्कोको व्यस्त सडकमा उनको कार विपरीत दिशाबाट आइरहेको अर्को कारसँग ठोक्किएको थियो।

    दुर्घटनाको समय राष्ट्रपति पुटिन उक्त कारमा नरहेको बताइएको छ।

    रूसी अधिकारीहरुका अनुसार पुटिनका अनुभवी चालकले उक्त कार गुडाएका थिए। उक्त कार रूसी परिषदको माथिल्लो सदनमा पञ्जीकृत भएको बताइएको छ ।

    पुटिनको कारसँग ठोक्किएका मर्सि्डिज कारका चालक गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।

    घटनाबारे प्रहरीले छानबिन अगाडि बढाएको छ।

    दुर्घटनामा मृत्यु भएका चालकको परिचय खुलाइएको छैन। यद्यपी उनी चार दशकदेखि सरकारी चालकका रुपमा सेवामा रहेको जनाइएको छ। (एजेन्सी)

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.