logo
  • १३ मंसिर २०८३ , शनिबार
    • ट्रेन्डिङ

    सभामुख डीपी अर्याल आज रुपन्देही आउँदै, लायन्स आँखा अस्पतालको अवलोकन गर्ने


    १२ मंसिर २०८३ , शुक्रबार

    सभामुख डीपी अर्याल आज रुपन्देही आउँदै, लायन्स आँखा अस्पतालको अवलोकन गर्ने

    लुम्बिनीखबर
    भैरहवा, ११ मंसिर । प्रतिनिधि सभाका सभामुख डोल प्रसाद (डीपी) अर्याल शुक्रबार (आज) रुपन्देही आउनुहुने भएको छ । सभामुख अर्याल शुक्रबार दिउँसो ३ बजे रुपन्देही आइपुग्ने कार्यक्रम तय भएको हो । रुपन्देहीमा रहँदा उहाँले बुटवलस्थित लायन्स आँखा अस्पतालको अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।

    त्यसै गरी सभामुख अर्याल शनिबार (पर्सी) पाल्पामा आयोजना गरिने दोस्रो लायन्स क्याबिनेट मिटिङमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । रुपन्देही र पाल्पामा हुने कार्यक्रमका क्रममा उहाँले सुरक्षा समितिसँग ब्रिफिङ लिनुका साथै नागरिक समाजका विभिन्न व्यक्तित्वहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत तय रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.