logo
  • १३ मंसिर २०८३ , शनिबार
    • ट्रेन्डिङ

    १९औँ साधारण सभाको तयारीस्वरूप चेम्बर अफ कमर्स रुपन्देहीद्वारा सरसफाइ कार्यक्रम


    १२ मंसिर २०८३ , शुक्रबार

    १९औँ साधारण सभाको तयारीस्वरूप चेम्बर अफ कमर्स रुपन्देहीद्वारा सरसफाइ कार्यक्रम

    लुम्बिनीखबर
    भैरहवा, ११ मंसिर । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले आफ्नो १९ औं वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शुक्रबार बिहान आफ्नै भवन अगाडि तथा आसपासका क्षेत्रमा सरसफाई गरेको हो ।

    संस्थाको १९ औं वार्षिक साधारण सभा शनिबार (भोलि) बिहान ९ बजेदेखि सिद्धार्थनगर नगरपालिका–९, उदयपुरस्थित संस्थाको सभाहलमा हुने अध्यक्ष सचिन रोक्काले जानकारी दिनुभयो । उहाँका अनुसार साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ । संस्थाले प्रत्येक वर्ष साधारण सभा तथा अधिवेशनको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष सरसफाई कार्यक्रम आयोजना गरिएको अध्यक्ष रोक्काले बताउनुभयो ।

    सरसफाई कार्यक्रममा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकारलगायतको सहभागीता रहेको थियो । संस्थाको महासचिव लक्ष्मी अधिकारीका अनुसार साधारण सभाको उद्घाटन संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले गर्नुहुनेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.