logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    पाकिस्तानले दियो भारतलाई परमाणु हमला गर्ने चेतावनी


    ३ असोज २०७३ , सोमबार

    पाकिस्तानले दियो भारतलाई परमाणु हमला गर्ने चेतावनी

    एजेन्सी,असोज ३ । भारतको कश्मिरस्थित एक सैन्य क्याम्पमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच वाकयुद्धको अवस्था देखिएको छ । आतंकवादी हमलालगत्तै भारतले उक्त घटनामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको थियो भने पाकिस्तानले भारतको सो आरोपको प्रतिवाद गरेको छ ।

    pakistan
    दुबै मुलुकका मिडियामा ‘सम्भावित युद्ध’ का बारेमा विश्लेषण गर्न थालिएको छ ।

    कश्मीरमा आतंकवादी हमला हुनु ठिक अघि रेकर्ड गरिएको एक अन्तरवार्तामा पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आवश्यकता परेमा पाकिस्तानले परमाणु हमला गर्न सक्ने धारणा व्यक्त गरेका थिए । उनको सो भनाइ लगत्तै कश्मीरमा आतंकवादी हमला भएपछि दुई मुलुकबीच ‘सम्भावित युद्ध’ बारे भारतीय र पाकिस्तानी मिडियामा व्यापक बहस हुन थालेको छ ।
    पाकिस्तानी रक्षामन्त्री आसिफका अनुसार देशको स्वतन्त्रता र सुरक्षामा कुनै किसिमको खतरा महसुस भएमा पाकिस्तानले कुनै पनि बेला परमाणु हतियार प्रयोग गर्न सक्छ । उनले पाकिस्तानसँग रहेको परमाणु हतियार सजावटका लागिमात्र नभएको टिप्पणी गर्दै आवश्यकता अनुसार प्रयोग हुने बताए ।

    पाकिस्तानी टेलिभिजन च्यानल जिओ न्यूजसँग कुरा गर्दै उनले देशको सुरक्षामा खतरा भएमा वा दुश्मन पक्षले पाकिस्तानी भूमिमा पाइला टेकेमा परमाणु हतियार प्रयोग गर्न सक्ने चेतावनी दिए

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.