logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    बेल्जियममा बालकलाई पनि स्वेच्छिक मृत्युको स्विकृति


    ३ असोज २०७३ , सोमबार

    बेल्जियममा बालकलाई पनि स्वेच्छिक मृत्युको स्विकृति

    एजेन्सी,असोज – २ । बेल्जियमको संसदले प्राणघाटक रोगले ग्रसित मानिसले स्वेच्छाले मृत्यु रोज्न पाउने कानुनमा रहेको उमेर हदको बन्देज हटाएपछि पहिलोपल्ट एक बालकलाई स्वेच्छाले मृत्यु रोज्न दिइएको छ । स्वेच्छिक मृत्युवरण गर्ने बालकको पूरा विवरण भने खुलाइएको छैन ।
    ती बालक प्राणघाटक रोगले ग्रसित रहेको र उनले मृत्युवरण गर्न चाहेको उनको उपचार गरिरहेका चिकित्सकले बताएपछि संघीय आयोगले स्विकृति दिएको थियो ।

    जुनसुकै उमेरका मानिसले पनि स्वेच्छिक मृत्युवरण रोज्न पाउने बेल्जियम विश्वको एक मात्र मुलुक हो । तर, यसका लागि मानिसलाई लागेको रोगको अन्तिम अवस्था हुनपर्ने कानुनी व्यवस्था छ । त्यस्तै १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले स्वेच्छिक मृत्युवरण गर्न चाँहेमा अविभावकको सहमति चाहिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.