
नरेश के.सी.
भैरहवा, असोज ८ । काठमाण्डौंबाट ५ बजेर १५ मिनेट जाँदा भैरहवाको लागी उडेको यति एअर लाइन्सको जहाज आज सांझ भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा दुघर्टना भएको छ ।

यतिको ९ एन ए आइबी जहाजमा ३ जना चालकदल र २९ जना यात्रु सहित ३२ जना सवार रहेका थिए । जहाज अवरतण गर्ने क्रममा रन वे भन्दा करिब एक सय मिटर दक्षिण तर्फ गएको थियो । जहांजमा रहेका सबै यात्रु सामन्य घाइते रहेका छन् ।

जहाजको इन्जीनमा खराबी आएकोले दुघर्टना भएको सोही जहाजमा आएका यात्रु इन्द्र काफ्लेले जनाए । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रिय क्याम्पसमा प्रमुख समेत रहेका काफ्लेले अवतरण गर्ने क्रममा एकैचोटी दुर्घटना भएको जनाए । काफ्ले सहित धेरै यात्रुको हात खुट्टामा सामन्य चोटलागेको जनाएको छ ।






