logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    भास्करानन्द माया शिक्षा पत्रकारिता पुरस्कार पछाईलाई


    १६ असोज २०७३ , आइतबार

    भास्करानन्द माया शिक्षा पत्रकारिता पुरस्कार पछाईलाई

    dsc_0885

    लुम्बिनीखबर
    भैरहवा, असोज १६ । भास्करान्द माया शर्मा अक्षयकोषले स्थापना गरेको शिक्षा पत्रकारिता पुरस्कार पत्रकार दिपेश पछाईले प्राप्त गरेका छन् ।

    मेचीकाली दैनिक, नयाँ पत्रिका, भैरहवा एफ.एम, लुम्बिनी टिभी र एबिसी टिभीमा कार्यरत पछाईलाई शनिबार भैरहवामा  नगद १५ हजार सहित पुरस्कृत गरिएको हो । लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष समेत रहेका पछाईलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल र कोषका संस्थापक अध्यक्ष भास्करानन्द शर्माले पुरस्कार प्रदान गरेका थिए ।

    यसैबीच कोषले बोर्डिंङ र सरकारी विद्यालयका गरी २४ जना विद्यार्थीहरुलाई पनि छात्रवृत्ति प्रदान गरेको छ । कोषको छात्रवृत्ति पाउनेहरुमा प्राथमिक तर्फ मेउडिहवा प्राविका अन्जली बानिया, बुद्ध ज्योति उच्च माविका रोहन हरिजन, भानु माविका दिपेश पासवान, सुसंस्कृत माविका विकास मल्लाह, मोर्डन पब्लिकका प्रतिमा अग्रहरी, महात्मा बुद्धका निकिता यादव, काशी नोबलका प्रीति धवल, मनकामना स्कुलका रोहित बाल्मीकि रहेका छन् ।

    यसैगरी निमावि तर्फ सुस्कृत माविका मुस्कान ठाकुर, नेपाल नालन्दाका अनिषा वि.क, सिबी पब्लिकका श्रेया पनेरु, सुस्कृत माविका विशाल गुप्ता, भानु माविका उपेन्द्र मुराव, लिलाराम माविका दया श्रेष्ठ, मनकामना माविका सन्दीप आले, फ्युचर लाइटको प्रशान्त काफ्ले रहेका छन् । त्यसैगरी मावि तर्फको छात्रावृत्ति पाउनेहरुमा लिलाराम उच्च माविका विपना राना, भैरहवा उच्च माविका सन्दिप राव, भैरहवा उच्च माविकै सरस्वती कोहार, मुन लाइट उच्च माविका हरि थारु, भानु माविको कृष्ण पोखरेल, सिबी पब्लिकको मिना थापा, बुद्ध ज्योतीको सन्ध्या लोनिया र लिलाराम उच्च माविको रमेश कोहार रहेका छन् ।

    छात्रावृत्तिको लागी रुपन्देहीका २९ बोर्डिङ र १८ सरकारी गरी जम्मा ४७ विद्यालयका १४० जना विद्यार्थीले आवेदन दिएको कोषका सल्लाहकार खड्क गुरुङले जानकारी दिए । सोही अवसरमा कोषका मानार्थ सदस्य सिताराम उप्रेती, दिनेश पौडेललाई पनि सम्मान गरिएको थियो ।

    कोषका अध्यक्ष शर्माको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कोषका सल्लाहकारहरु खड्क बहादुर गुरुंग, शेर बहादुर कार्की, राममणी भूर्तेल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्मा, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधब ढुंगाना, सामूहिक विद्यालय परिवारको अध्यक्ष राजेन्द्र घिमिरे, प्याब्सन रुपन्देहीका सचिब महेश भुर्तेल, नमुना एकीकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौडेल, साहित्यकार विजय सागर लगायतको आतिथ्यता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.