logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    गोरखा प्रिन्स होटलमा महिलाको हत्या


    १९ कार्तिक २०७३ , शुक्रबार

    गोरखा प्रिन्स होटलमा महिलाको हत्या

     
    भैरहवा,कार्तिक १९ । भैरहवा बसपार्क्स्थित होटल गोरखा प्रिन्समा हत्या गरिएको अवस्थामा ३० वर्षीया महिलाको शव फेला परेको छ ।

    मृतक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार महिलाको टाउकोमा धरिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

    gorkha-prince-hotel-bhairah

    उक्त होटलमा मृतक महिलाको साथमा एक पुरुष समेत रहेको तर घटना पश्चात पुरुष फरार भएको प्रहरीको प्रराम्भिक अनुसन्धानमा पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत इन्स्पेक्टर धर्मराज भण्डारीले बताए ।

    उनका अनुसार होटलको ग्राहक दर्ता अभिलेखमा मृतक महिलाको नामा रेखा सिन्हा र पुरुषको नाम राजेश सिन्हा उल्लेख छ भने दुवैको ठेगाना भारत बिहार राज्यको सिवान रामपुर उल्लेख रहेको छ ।

    उनीहरु सेतो रंगको भारतीय नम्बरको स्कुटर लिएर आएको बताइएको छ । हत्याको बारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर भण्डारीले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.