logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    रुपन्देहीमा शान्ति सुरक्षाको अवस्था गंभिर ः राजनितिक दल


    १९ कार्तिक २०७३ , शुक्रबार

    रुपन्देहीमा शान्ति सुरक्षाको अवस्था गंभिर ः राजनितिक दल

    भैरहवा,कार्तिक parti । जिल्लामा शान्ति सुरक्षाको अवस्था गंभिर रहेको भन्दै रुपन्देहीका राजनितिक दलका नेताहरुले जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षा कायम राख्न लिखित आग्रह गरेका छन् ।
    नेकपा माओवादी केन्द्रको संयोजनमा राजनितिक दलको विहिवार भैरहवामा बसेको सर्वदलिय बैठकले शान्ति सुरक्षाको अवस्था कमजोर देखापरेकाले सर्तकताका साथ सुरक्षा प्रदान गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेका हुन् ।
    जिल्लामा भैरहेको राष्ट्रिय महत्वका विकास निर्माणका कामहरु समेत सुस्तगतीमा अगाडी वढेको र कच्चा पर्दाथको समस्याहरु तत्काल समाधान गर्न जिल्ला प्रशाशन कार्यालय र अन्य प्रशासनिक निकायलाई अनुरोध गर्ने सर्वदलिय बैठकले निर्णय गरेको छ ।
    स्थानिय निकायहरुमा प्रशासनिक कार्यमा जनताका कामहरु ढिलासुस्ती हुने गरेकाले पनि यस्ता काममा सुधारहुनु पर्ने राजनितिक दलहरुले माग गरेका छन् ।
    जिल्लामा रहेका २२ दलको सर्वदलिय बैठकले स्थानिय निकायको पुर्नसंरचना सम्वन्धमा समेत गंभिररुपमा छलफल गरि निरन्तरता दिने निर्णय गरेको राजनितिक दलका नेताहरुले वताएका छन् ।
    सरकारको नेतृत्व समेत गरेको माओवादी केन्द्रले अहिले रुपन्देहीमा आफ्ना गतिविधिहरु अगाडी वढाउदै जनताको पिरमर्काहरु वुझ्नका लागी विभिन्न कार्यहरु गर्दै आईरहेको पार्टीका जिल्ला प्रमुख हकिकुल्ला खाले वताए ।
    गाउ गाउमा पुगेर हामीले जनताको गुनासो सुन्न अन्य राजनितिक दलका नेताहरुलाई पनि अनुरोध गरेका छौ र माओवादी केन्द्र पनि संगै पुगेको छ हकिकुल्ला खाले भने ।
    भैरहवा क्षेत्रमा प्रहरी प्रमुख व्यवहारिक नहुदा जनताले प्रत्यक्ष शान्ति सुरक्षा समेत वहन गर्न सकेका छैन्न उनले भने गुनासा लिएर जानेलाई जिल्ला प्रहरी प्रमुखले वास्ता समेत गरेको देखिदैन् ।
    दिन दहाडै भैरहवाका होटलमा हत्या भएको छ । रुद्रपुर क्षेत्रमा समेत केहि महिना पहिले यस्तै प्रकारका हत्या र लुटपाटका घटना भएका थिए तर प्रहरी मुकदर्शक वाहेक केहि वन्न सकेको छैन । अहिले पनि रुद्रपुरक्षेत्रमा पुन घटना दोहोरिएको छ भन्दै माओवादी केन्द्रका जिल्ला प्रमुख हकिकुल्ला खाले यस्ता कार्यमा प्रहरी बेखर वनेको वताए ।
    नेकपा माओवादी केन्द्रका रुपन्देही प्रमुख हकिकुल्ला खांको अध्यक्ष तथा माओवादी केन्द्र पार्टीको पहलमा वसेको सर्वदलिय बैठकमा नेपाली काग्रेसका जिल्ला अध्यक्ष तथा सभासद अव्दुल रज्जाक, नेकपा एमालेका जिल्ला अध्यक्ष शिवराज सुवेदी, राप्रपा नेपालका जिल्ला प्रतिनिधि मिलन वस्नेत फोरम लोकतान्त्रीकका ईशाहक मुशलमान, राप्रपाका जिल्ला अध्यक्ष सागर प्रताप राणा, संघिय समाजवादी फोरमका जिल्ला अध्यक्ष महेन्द्र यादव, राजमोका जिल्ला अध्यक्ष वद्री आलम, सदभावना पार्टीका ओम प्रकाश यादव गुल्जारी, नेपाली काग्रेशका जिल्ला सचिव रामकृष्ण खाण, नेकपा माओवादी केन्द्रका अनुप वराल, राप्रपाका शंकर खत्री लगाएतको सहभागीता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.