logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    प्रहरीको मिलोमतोमा खुलेयाम तस्करी


    २० कार्तिक २०७३ , शनिबार

    प्रहरीको मिलोमतोमा खुलेयाम तस्करी

    भैरहवा, कार्तिक २० गते । रुपन्देहीको सिमाक्षेत्रमा खुलेयाम तस्करीले व्यापकता पाउने गरेको छ । प्रहरीको मिलोमतोमा नै तस्करी वढन थाले पछी सिमाक्षेत्रमा लाईन लागेर तस्करीका समानहरु छिमेकी मुलुक भारत वाट नेपाल आउने गरेका छन् ।

    hhh

    सिमाक्षेत्रमा लाईन लागेर तस्करीका समानहरु छिमेकी मुलुक भारत वाट नेपाल आउदै

    दैनिक लाखौको समानहरु विना भंसार नेपाल भित्रिरहदा सिमाक्षेत्रमा पहरा दिन वसेका सुरक्षाकर्मीहरु भने असुलीमा मस्त देखिन्छन् ।  राज्यको असुली गर्नुपर्ने कर गुमिरहदा सिमामा वस्ने प्रहरीहरु र तस्करहरुलाई भनी कमाउ धन्दामा व्यस्त रहेको पाईन्छ ।
    अहिले रुपन्देहीमा सादा पोषाकका प्रहरी समेत परिचालिन रहेका छन् । जिल्ला प्रहरी कार्यालय देखी चौकी सम्म र शसस्त्र प्रहरीका समेत घुमुवाहरु तस्करी गराउनमा खटिएका छन् ।
    राज्यको जनताको सुरक्षाको लागी खटिने प्रहरी यसरी तस्करीहरुको गोटी वन्दा स्थानियहरु समेत चकित परेका छन् । जव सम्म नेपालमा प्रहरीहरु सुर्धिन्न तव सम्म राज्यले विभिन्न समस्या भोग्न समेत वाध्यहुने यहाका स्थानियहरु वताउछन् ।
    जिल्लाका विभिन्न सिमा नाकाहरु जिल्ला सदरमुकाम नजिक रहेका वेलहिया, मेउडिहवा, फरेनी, भुजौली नाका, केउटलिया ,मर्चवार नाका, भगवानपुर नाका र लुम्बिनी क्षेत्र वाट समेत अहिले तस्करीले व्यापकता पाउने गरेको छ ।
    यी नाकाहरुमा विगतका दिनमा लुकिछिपि रातिको समयमा हुने तस्करी अहिले प्रहरी संगको मिलोमतो दिनदहाडै हुने गरेका खुलेयाम देखिन्छ ।
    तस्कर गराउनमा जिल्ला भरी १ दर्जन जिप्रका देखी इप्रका र चौकी सम्मका सादा पोषाकका प्रहरीहरु समेत खटिने गरेका छन् ।
    सादा पोषाकमा खटिने प्रहरीले वाटो हेरिदिने देखी कसैले तस्करी समान लाई रोक्न खोजे मिलाईदिने काम समेत गर्ने गरेको खुल्ला आखाले सिमाक्षेत्रमा देख्न सकिन्छ ।
    शनिवार मात्र जिल्ला सदरमुकामको दक्षिण क्षेत्रमा पर्ने भारतको फरेनी नाका वाट नेपाल आउने गरेको तस्करी समानहरु सादा पोषाकका प्रहरीहरु मोटर साईकलमा अघि अघि र पछि पछि साइकलमा तस्करी समान आउदै गरेका प्रत्यक्ष देख्न सकिन्थ्यो ।
    सञ्चारकर्मीको एक टोलि त्यस नाका जादै गर्दा विचमा पर्नेे पक्लिहवाको छोटि भंसार नाकामा वसेका शसस्त्र प्रहरीको चेकपोष्ट र मेउडिहवामा रहेको नेपाल प्रहरीको  चौकी अगाडी वाट खुलेयाम भारतिय वजार वाट तस्कर गरि नेपाल ल्याईरहेका तस्करी समान वोकेका साईकलहरु लाईन लागेर आईरहेका थिए ।
    लाईन लागेर आईरहेका तस्कर समानहरु भैरहवाको जिल्ला प्रहरी कार्यालयको १ सय ५० मिटर पश्चिम रहेको गल्लामण्डीका केही पसलहरुमा अनलोड भैरहेको समेत पाइएको थियो ।
    तस्करको समान साईकलमा ल्याउदै गरेका एक क्यारिङ वाला जमिर अलीले प्रहरीलाई लाईन मिलाएर नै समान पास गरेका  वताएका थिए । सञ्चारकर्मीले आफ्नो क्यामेरामा क्यारिङवालाको भिडियो  कैद गर्दा उनिहरुले ढुक्क साथ भारतको सुनौली र नौतनवा वजार देखी आफुहरुले भैरहवाको गल्लामण्डी वजार सम्म समान पुराउने जिम्मा पाएको वताए ।
    उनिहरुले अहिले मुख्यतया चिनि,कपडा,मोविल, मोटरपार्टस, पानि तान्ने पम्प, हार्डवेयरका समानहरु विना भंसार भारत वाट दैनिक लाखौ मुल्य वरावरको समान भैरहवाको केहि व्यापारीक पसलहरुमा पुराउने गरेको खुलाएका थिए ।
    रमेशनाथ जैसवाल नाम वनाउने साइकलमा क्यारिङ गर्ने अर्का युवाले अहिले रुपन्देहीमा प्रहरी संग लाईन मिलेका कारण काम गर्न सकिएको भन्दै सञ्चारकर्मीहरुलाई समेत समाचार नछाप्न आग्रह गरेका थिए ।
    तस्करले अपाङहरुलाई समेत प्रयोग गरेर समानहरु नेपाल भित्राउने गरेको देखिन्छ । स्थानिय प्रशासनले मापदण्ड तोकेर विगतमा अपाङहरुलाई दिनमा एक पटक मुख्य भंसार नाका वाट मात्र समान केहि समान ल्याउने अनुमती दिए पनि उनिहरुले दिनमा तिन देखी चार पटक सम्म तस्करी नाकाहरु वाट समान नेपाल पास गर्ने गरेका छन् ।
    तस्कर गरि भैरहवाका विभिन्न पसलहरु र गोदामहरुमा आएका समानहर विल काटेर यहाका व्यापारीहरुले अन्यत्र पठाउने गरेका छन् ।  भैरहवा वाट मुख्यतया तस्करी गरि आएको समान व्यापारीहरुले पहाडी जिल्ला गुल्मी ,अर्घाखाची, पाल्पा, स्याङजा, प्युठान लगाएका जिल्लामा पठाउने गरेका छन् ।

    भैरहवा भंसार कार्यालयले समेत तस्करी वढेका कारण चिनि,कपडा,मोविल, मोटरपार्टस, पानि तान्ने पम्प, हार्डवेयरका समानहरुको भंसार विगत भन्दा अहिले कम भएको भन्दै प्रहरीलाई सचेत गराए भए पनि सिमाक्षेत्रका प्रहरीहरु कमाउ धन्दामा मस्त रहेका छन् ।

    भारत वाट  पैदल मार्ग हुदै नेपाल ल्याउन प्रतिवन्धीत भारतिय वजारमा सस्तो पर्ने कुखुराको वोइलर जातको चल्लाहरु समेत तस्करी भैरहेको छ ।
    रुपन्देहीको लुम्बिनी नाका र धकधई क्षेत्र वाट वोइलर जातका चल्लाहरु तस्कर भैरहेको एक स्थानियले वताएका छन् ।
    यसरी खुलेयाम तस्करी वढेको कुरा हामीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायक उपरिक्षक बेलप्रसाद पाण्डेलाई बुझ्दा उनले प्रहरी सिमाक्षेत्रमा तैनाथ भएको जानाकारी दिदै रोकथाममा प्रयास जारि रहेको वताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.