logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    महिला क्रिकेटरमाथि प्रशिक्षकद्वारा र्दुव्यवहार गरेको आरोप


    ३० कार्तिक २०७३ , मंगलबार

    महिला क्रिकेटरमाथि  प्रशिक्षकद्वारा र्दुव्यवहार गरेको आरोप

    raju-basnet

    काठमाडौं, कात्तिक ३०

    देशका झन्डा बोकेर अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेल्न गएका राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई प्रशिक्षक राजु बस्न्यातले दुव्र्यवहार गरेको आरोप लागेको छ । हङकङमा सम्पन्न आइसिसी विश्वकप महिलाअन्तर्गत एसिया छनोटमा सहभागी हुन गएका नेपाली खेलाडीले नै प्रशिक्षकविरुद्ध लिखित उजुरी दिएका छन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

    हङकङको प्रतियोगितामा सहभागीमध्ये ६ खेलाडी (हामीले नाम गोप्य राखेका छौँ) ले उजुरी गरेपछि राष्ट्रिय खेलकुद परिषद्ले छानबिन सुरु गरेको छ । सदस्यसचिव केशवकुमार विष्टलाई सम्बोधन गरी आएको उजुरीमाथि क्रिकेट समन्वय समितिले छानबिन गरिरहेको छ ।

    विष्टले छानबिन गरी प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिइसकेका छन् । विष्टले छानबिन भइरहेको र दोषीमाथि कारबाही हुने बताए । ‘मैले सुन्नचाहिँ सुनेको छु, क्रिकेट समन्वय समितिलाई घटनाबारे बुझेर प्रतिवेदन बुझाउन निर्देशन दिइसकेको छु,’ विष्टले नयाँ पत्रिकालाई भने, ‘समितिले छिटै छानबिनको प्रतिवदेन बुझाउनेछ । कोही दोषी भए तत्कालै कारबाही हुनेछ ।’

    यस्तो छ आरोप

    १. महिला टोलीकी एक सदस्यलाई जबर्जस्ती मदिरा खुवाएको र सुतिरहेको अवस्थामा यौन दुव्र्यवहारको प्रयास गरेको

    २.  घटनापछि राति नै अन्य खेलाडीले मुख्य प्रशिक्षक बस्न्यातसँग झगडा गरे, झगडाकै क्रममा प्रशिक्षकबाट एक खेलाडीलाई आक्रमण प्रयास गरेको ३.  वादविवाद हुँदा प्रशिक्षकद्वारा  खेलाडीलाई अश्लील गालीगलौज गरेको ४. टोलीकै अर्की एक खेलाडीलाई पनि मदिरा खुवाई पटक–पटक यौन दुव्र्यवहारको प्रयास गरेको

     नखाएको विष लाग्दैनः प्रशिक्षक

    प्रशिक्षक बस्न्यातले भने आफूमाथि आरोप लागेको पुष्टि गरे पनि त्यो आरोप झुटो भएको दाबी गरेका छन् । हङकङमा प्रतियोगिता चलिरहँदा अनुशासनहीन खेलाडीलाई गाली गरेको उनले बताए । तर, यस विषयलाई ती खेलाडीले नै अनावश्यक मोड दिएको दाबी उनले गरेका छन् । ‘नेपालको नतिजा राम्रो आओस् भनी अनुशासनभन्दा बाहिर गएका केही खेलाडीलाई गाली गरेको थिएँ, तर त्यसैलाई उनीहरूले नकारात्मक रूपमा प्रचार गरे,’ बस्न्यातले भने ।

    राष्ट्रिय टोलीमा छनोट नभएका खेलाडीसँग मिलेर ती खेलाडीले हल्ला फिँजाएको आरोप उनले लगाए । नेपाली क्रिकेटलाई लामो समयदेखि दिएको योगदानको नकारात्मक प्रतिफल पाएको भन्दै उनले दुःख व्यक्त गरे । ‘सबै खेलाडीलाई सम्मान गर्छु, मैले कसैलाई पनि दुव्र्यवहार गरेको छैन, गाली गर्नुलाई नै दुव्र्यवहार भन्ने हो भने मेरो केही भन्नु छैन, तर नखाएको विष कहिल्यै लाग्दैन,’ बस्न्यातले भने ।

    केही व्यक्तिले निजी स्वार्थ पूरा गर्न खेलाडीलार्ई हतियार बनाएको पनि उनले दाबी गरेका छन् । ‘कुनै व्यक्तिविशेषको स्वार्थका लागि यस्तो आरोप लगाइएको हो, यो मेरो करिअर नै समाप्त पार्ने योजना हो,’ उनले भने, ‘मेरो आफ्नो परिवार छ, त्यस्तो काम गरी हिँड्ने मान्छे होइन ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.