
लुम्बिनीखबर
भैरहवा, मंसिर १ । उपचारको क्रममा आमाको मृत्युभएपछि अविभावक विहिन भएकी नाबालिका विनिता नेपालीको अविभावकत्वको जिम्मा जिल्ला बालकल्याण समिती रुपन्देहीले लिएको छ ।
आमा सुनकुमारीको मृत्यु र आमालाई कुटपीट गर्ने बुबा धुब्र नेपाली जेल गएपछि उनको नजिकको आफन्तले रेखदेख गर्न नसक्ने भएपछि लुम्बिनी प्रेस क्लबको आग्रहमा समितीले जिम्मा लिएको हो ।
समितीका अध्यक्ष समेत रहेका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले सुनकुमारीको शबरयालीलाई सम्बोधन गर्ने क्रममा नै नाबालिकाको जिम्मा सरकारले लिने उद्घोष गरेका थिए ।

सोही उद्घोष अनुसार मंगलबार प्रेस क्लबले पत्र लेखी समितीलाई बालिकाको जिम्मा लिन आग्रह गरेपछि समितीले उनको जिम्मा लिएको लुम्बिनी प्रेस क्लबका महासचिब नरेश के.सीले जनाए ।
विनिताको लालन पालन, रेखदेद, शिक्षा दिक्षा देखी सम्पुर्ण भविष्यको जिम्मा लिनेगरी समितीले विनितालाई लिएको र उचित बालगृहमा व्यवस्थापन गर्ने तयरी भएको समितीको सदस्य ज्ञानु पौडेलले जनाइन् ।