logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    बालबालिका बेचबिखन नियन्त्रणमा दुई देशीय एकता


    १ मंसिर २०७३ , बुधबार

    बालबालिका बेचबिखन नियन्त्रणमा दुई देशीय एकता

    img_0704
    नरेश के.सी.
    भैरहवा, मंसिर १ । नेपाल भारत सीमा क्षेत्रमा बालबालिका ओसारपसार तथा बिक्री वितरण भइरहेको प्रति गम्भीर ध्यानाकर्षण गराउँदै सीमा क्षेत्रका दुई देशीय अधिकारीहरु एक भई काम गर्न सहमत भएका छन् ।

    img_0713

    जिल्ला बाल कल्याण समिति रुपन्देहीको आयोजनामा बुधबार बेलहियामा सम्पन्न बालबालिका बेचबिखनमा रोकथाम विषयक दुई देशीय अन्तरसंवाद कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् ।

    img_0710

    जिल्ला बाल कल्याण समिति सदस्य तथा कार्यक्रम संयोजक ज्ञानु पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले सीमा नाकामा भैरहेकोे अपराध नियन्त्रणका लागि सबैको एकता जरुरी रहेको बताए ।

    कार्यक्रममा नेपालका तर्फबाट लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी शेर बहादुर बस्नेतले तयार गरेको प्रतिवेदन एसपी बुद्धिराज गुरुङले र भारतका तर्फबाट मानव सेवा संस्थानका राष्ट्रिय सचिव राजेश मणीले प्रस्तुत गरेका थिए ।

    img_0711

    प्रतिवेदनमाथि नेपालका तर्फबाट सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णु शर्मा, थ्री एन्जल्सका नारायण प्रसाद दवाडी, सिद्धार्थ यातायातका अध्यक्ष सूर्य कुमार सारु, नेपाल भारत मैत्री समाजका अध्यक्ष डा. शान्ताकुमार शर्मा, लुम्बिनी प्रेस क्लबका महासचिव नरेश के.सी., सिविन नेपालका कृष्ण श्रेष्ठ, जिविस रुपन्देहीका सामाजिक शाखा प्रमुख दुर्गा श्रेष्ठ र भारत तर्फबाट नेपाल भारत मैत्री समाजका राष्ट्रिय अध्यक्ष अनिल गुप्ता, हेल्पलाइन गोरखपुरका रवि यादव र श्रवण कुमार, भारतीय समाजसेवी वसिम खाँ, बाल अधिकारकर्मी अजय मल्लाह, एसडीएम विक्रम सिंह र क्षेत्राधिकारी नचिराम यादव लगायतले टिप्पणी सहित सुझाव दिएका थिए ।

    माईती नेपाल भैरहवाकी प्रभा खनालको संचालनमा सम्पन्न उक्त कार्यक्रममा महिला विकास अधिकृत उषा रावल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगाना, एसएसपी शेर बहादुर बस्नेत, भारतीय अधिकारीहरु विक्रम सिंह, नचिराम यादव लगायतको आतिथ्यता रहेको थियो ।

    img_0707

    img_0705

    img_0702

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.