logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    एसओएसले दियो विनितालाई हाँसो


    ८ मंसिर २०७३ , बुधबार

    एसओएसले दियो विनितालाई हाँसो

    भैरहवा, मंसिर ८ । आफ्नै श्रीमानको कुटाईबाट मृत्यु भएकी रोल्पा थबाङ्ग ८ झकिवाङकी सुनकुमारी नेपालीको मृत्युपश्चात विक्षिप्त बनेकी उनकी १३ वर्षीय छोरी विनिता नेपालीलाई एसओएस बालग्राम लुम्बिनीले संरक्षण दिएको छ ।

    binita-1

    आमाको मृत्यु पछि परिवारमा रहेका दाजु वैदेशिक रोजगारका लागि  मलेसिया रहेको र प्रहरीले बुवालाई  जिल्ला कारागार रोल्पामा चलान गरेपछि सहाराविहीन बनेकी बालिका विनीताले अब एसओएसको जिम्मामा आफ्नो शिक्षादीक्षा लिने भएकी छिन् ।

    आफ्ना नातेदारहरु कोही पनि विनिताको जिम्मा लिन तयार नभएपछि जिल्ला बाल कल्याण समिति रुपन्देहीको अनुरोधमा एसओएसले बालिकालाई बुधबार सबै कागजात मिलाई जिम्मा लिएको जिल्ला बाल कल्याण समिति रुपन्देहीकी सदस्य ज्ञानु पौडेलले जानकारी दिईन् ।

    अनाथ तथा अभिभावकविहीन बालबालिकाको लागि अन्र्तराष्ट्रिय स्तरमै ख्याति प्राप्त एसओएसले विनिताको जिम्मा लिएपछि उनको भविष्य समेत उज्ज्वल बन्ने अपेक्षा रहेको लुम्बिनी प्रेस क्लबका कोषाध्यक्ष कमल रायमाझी बताउँछन् ।

    एसओएस बालग्राम लुम्बिनीका योजना निर्देशक विजय विक्रम राणाले समेत विनिता अब एसओएसको छोरी भएको भन्दै उनको लालनपालन र शिक्षादीक्षामा आफूहरुले जिम्मा लिएको बताए ।

    img_1141

    श्रीमानको कुटाईबाट मरणासन्न हुन पुगेकी सुनकुमारीको आर्थिक अभावका कारण युनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल भैरहवामा उचित उपचार हुन नसकेपछि उनको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने जिम्मा लिई उनको जीवन बचाउनको लागि खटिएको लुम्बिनी प्रेस क्लबले समेत सुनकुमारीको मृत्यु पश्चात अभिभावकविहीन बनेकी विनितालाई एसओएस बालग्रामले जिम्मा लिनु उसको सामाजिक उत्तरदायित्व रहेको जनाएको छ ।

    गत असोज २६ गते आफ्नै श्रीमान धु्रव नेपालीको आक्रमणबाट घाईते भई भैरहवा स्थित शिक्षण अस्पताल युसीएमएसमा उपचाररत अवस्थामा कात्तिक २७ गते सुनकुमारीको मृत्यु भएको थियो ।
    binita
    सुनकुमारीलाई बचाउनका लागि भैरहवाका क्रियाशील पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लब र उपराष्ट्रपति पुत्र दिपेश पुनले प्रयास जारी राखेपनि सफल हुन नसकेपछि सुनकुमारीको मृत्यु भएको थियो । सुनकुमारीको मृत्यु पश्चात उनकी १३ वर्षीय छोरी विनिता रुपन्देहीको एक संस्थाको आश्रयमा बसिरहेकी थिईन् । पत्रकार, नागरिक समाज, जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्ला बाल कल्याण समिति रुपन्देहीको प्रयासपछि आज बुधबार उनलाई एसओएसको जिम्मा दिइएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.