logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सामूहिक विद्यालय क्रिकेट कपको उपाधि नालन्दालाई


    १२ मंसिर २०७३ , आइतबार

    सामूहिक विद्यालय क्रिकेट कपको उपाधि नालन्दालाई

    joint-1

    लुम्बिनीखबर
    भैरहवा, मंसिर १२ । धकधईमा जारी सामूहिक विद्यालय क्रिकेट कप २०७३ को उपाधि नेपाल नालन्दा उमावि भैरहवाले जित्न सफल भएको छ ।

    परिवार अन्र्तगतका १६ विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा  शनिबार सम्पन्न फाइनल खेलमा युनिक होम्सलाई २५ रनले हराउँदै नेपाल नालन्दा प्रथम भएको सामूहिक विद्यालय क्रिकेट कपका संयोजक मनोज यादवले जनाए ।

    joint-2
    यसैबीच धकधईमै आयोजित विशेष समारोहका बीच विजेता टिमलाई शनिबार नै पुरस्कार वितरण गरिएको छ । सामूहिक विद्यालय परिवारका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षता, सचिव प्रेम पौडेलको संचालन एवं क्रिकेट एशोसिएसन रुपन्देहीका अध्यक्ष प्रशान्त विक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा सामूहिक विद्यालयका निवर्तमान अध्यक्ष गोकुल पोखरेल, सल्लाहकारहरु उदय मल्लिक, राजकुमार गुरुङ, प्याब्सन रुपन्देही सचिव महेश भुर्तेल, के.बी गुरुङ, रविन्द्र राना लगायतले मन्तव्य राख्दै विद्यालय तहबाट खेलको विकास गरिएमा दुरगामी हुने विश्वास व्यक्त गरेका थिए ।
    joint-3
    सोही अवसरमा प्रतियोगिता अवधिभरमा   लुम्बिनी शिक्षा सदनका राहुल थापा, युनिभर्सल पब्लिक हाई स्कूलका दिपक भण्डारी, साई ग्लोबल एकेडेमीका दिवस सेन्चुरी, नेपाल नालन्दा हाई स्कूलका कादिर खान, युनिक होम्स ई.बो का सुनिल यादव, साई ग्लोबल एकेडेमीका साहिल पाल, नेपाल नालन्दाका इश्तियाक अहमद, लुम्बिनी शिक्षा सदनका प्रिन्स यादव, फ्युचरलाईटका विधान घमाल, मिनर्वाका कुशल गुरुङ, नेपाल नालन्दाका रेमन अली र सोही विद्यालयका इम्तियाज खान म्यान अफ दि म्याच हुन सफल भएका थिए ।

    joint-4

    सोही अवसरमा म्यान अफ द सिरिज तथा बेस्ट बलर भएका सुनिल यादव, बेस्ट फिल्डर रेहमान अली र बेस्ट ब्याट्सम्यान इम्तियाज खानलाई पनि सम्मानित गरिएको सामूहिक विद्यालय परिवारका सचिव प्रेम पौडेलले लुम्बिनीखबरलाई जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.