गोविन्द प्रसाद गिरी
श्रीलंका, मंसीर १७ । लायन्स क्लवहरुको सम्मेलनको उद्घाटन सत्रमा श्रींलकामा जम्मा भएका विश्व भरिका लायन्स प्रतिनिधिको अगाडी नेपाली राष्ट्रिय धुन वज्ने बेलामा अन्य देशको राष्ट्रिय गान वजे पछि कार्यक्रममा सहभागी नेपालीहरु लाई अपमान महसुस भएको छ ।

लायन्सको परम्परा अनुसार आफ्नो देशको राष्ट्रियगानको सम्मान गर्ने प्रचलन अनुसार नेपालको राष्ट्रिय धुन वज्ने समयमा सम्मानका लागी उठेका नेपालीहरु का अगाडी विदेशी धुन वजे पछि अपमान भएको भन्दै आयोजक प्रति नेपालीहरुले आक्रोस व्यक्त गरेको एक नेपाली सहभागीले वताए ।
नेपाल वाट लाखौ रुपैया खर्चिएर श्रीलंका पुगेका नेपालीहरुले आयोजकका कारण आफुहरुको अपमान भएको भन्दै आफैले राष्ट्रियगान गाएका थिए ।
कार्यक्रममा सहभागी ७ सय नेपालीहरुले आफ्नै स्वरमा स्वदेशगान गाए पछि अन्यदेशका प्रतिनिधिहरु समेत नेपालीहरुकोे देश प्रतिको देखिएको राष्ट्रप्रेमको सम्मान गरेका छन् ।

सवैभन्दा बढि नेपाली प्रतिनिधिको सहभागी समेत रहेको कार्यक्रममा विश्व माझ आफ्रनो शिर कहिल्लै नझुकाएका नेपालीहरुले आफै राष्ट्रगान गाए पछि लायन्सका अन्तराष्ट्रिय डाईरेक्टर सञ्जय खेतानले समेत प्रशंसा गरेका थिए ।
कार्यक्रम आयोजकले समेत गल्ती स्विकार गर्दै नेपाली प्रति सदैव सम्मान रहेको भन्दै गोर्खालीको शिर सधै उचो भएको उदद्योष गरेको कार्यक्रममा सहभागी नेपालीहरुले वताएका छन् ।
सामाजिक क्षेत्रमा कृयाशिल सस्था लायन्सले नेपालमा समेत विभिन्न समाजिक कार्यमा सहभागिता जनाउदै आएको छ । हजारौ नेपालीहरु यो सस्थामा आवद्ध भएका छन भने नया थपिने क्रम समेत जारि रहेको छ ।
देश विदेशमा हुने यस्ता कार्यक्रमहरुमा नेपालीहरुले समेत दरो रुपमा नेपालको सहभागीता जनाउनुका साथै आफ्नो देशको विषयमा दरो का साथ कुरा राख्ने समेत गरेको लायन्सका सदस्यहरु वताउछन् ।
‘हामी सेवा गछौ’ भन्ने मुल नारा वोकेको लायन्स क्लव विशुद्ध मानविय सेवा गर्ने संसारकै सवैभन्दा ठुलो अन्तराष्ट्रिय सस्था हो ।
विश्वका १ सय ७ देशमा करिव ४७ हजार लायन्स क्लवहरु रहेका छन् । लगभग यसका १४ नागरिकले यसको सदस्यता लिइ लायन्सको समाजिक सिद्धान्तमा रहेको पाइन्छ ।
दोस्रो विश्व युद्धमा सहयोगको लागी ६ जुन १९१७ मा अमेरिकाको शिकागोमा इलियोजनसमा एक सामान्य जिवन विमा व्यवसायी स्वर्गिय मालविन जोन्सको पहलमा स्थापित एसोशियट अफ लायन्स क्लव नै आजको अन्तराष्ट्रिय लायन्स क्लव अफ हो । जसले नेपालका शिक्षा स्वास्थ्य र वातावरणीय क्षेत्रमा महत्वपुर्ण कामहरु गर्न विदेशी लगानी भित्राएको छ ।
बार्षिक ४३ अमेरिकी डलर लिरेर लायन्सको सदस्य वन्न पाउने नियम विश्व भरि एकै रहेकाले यसको सिद्धान्त समेत सवै देशमा समान रहेको छ । जसका कारण नेपाल पनि यो सस्थाले वाढि पिडित, भुकम्प पिडित , असाय, अनाथ र वृद्धाहरुको लागी सहयोग पुराउदै आएको देखिन्छ ।

यो सस्थाको नेपालमा सन १९७१ मा पुर्व प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको अध्यक्षतामा विराटनगर लायन्स क्लवको स्थापना भएको हो ।
नेपालमा लायन्स क्लवको स्थापना पछि विभिन्न क्षेत्रमा यसको सकृयता देखिन्छ । लायन्सको सहयोगमा आर्थिक अनुदान समेत भित्राउन सफल देखिन्छ । दोलखाको आखा अस्पताल, भैरहवाको रण अम्विका आखा अस्पताल, पाल्पा ,गुल्मी, अर्घाखाचीमा आखा उपचार सेवा केन्द्रको भवन निर्माण र टिचिङग अस्पतालको बी.पी .अप्थोमोल्टी सेन्टरको आखा अस्पतालको भवन समेत लायन्स क्लवले वनाएको हो ।
अहिले श्रीलंकामा लायन्स क्लवको कार्यक्रममा सहभागी नेपाली प्रतिनिधिले पुन नेपालको स्वास्थ्य,शिक्षाक्षेत्रमा नया आयाम दिने काम गर्नुपर्दछ ।